१६ माघ २०८१, बुधबार | January 29, 2025

लिङ्देनको इशाई मिसिनरीसँग साँठगाँठले राप्रपामा खैलाबैला


January 27, 2025
996
Shares

काठमाडौं, १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धबल शमशेर पक्षधरबीच आरोप प्रत्यारोप बढेको छ । लिङ्देनलाई अध्यक्ष बनाउन ठूलै त्याग गरेका धबललाई पार्टी बैठकमा पूर्व एमाले भनी आरोप लगाइएको छ । पूर्वपञ्चको दलमा सिमिति राख्न खोजिएपछि धबलले मुद्दासहित सशक्त भूमिका निभाउन खोजे । उनले पार्टी नेतृत्वको कमजोरीबारे पनि विषय प्रस्तुत गरे ।

लिङ्देन कडा रुपमा आएपछि धबल पक्ष पनि कठोर बनेको छ । इशाई मिसिनरीका भनी चिनिएका एकनाथ ढकालसँग लिङ्देनको गोप्य भेटको खुलासा गरिएको छ ।

हिन्दू राष्ट्र पक्षधर भनिएको दलमा इशाई धर्म प्रचारमा लागेकी धादिङकी बिना तामाङलाई सांसद बनाएको विषय पनि उठेको छ । बिना सांसद हुँदा राप्रपाभित्र खैलाबैला मच्चिएको थियो ।

धबललाई राप्रपाभित्र भावी नेताको रुपमा हेरिएको छ । बाँकेमा धबलको व्यक्तिगत प्रभाव पनि छ । उनलाई नेतृत्वमा ल्याउन राजावादीको ठूलै समूह लागेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पनि धबलप्रति सकारात्मक रहेको बुझिएको छ । तर, पशुपति शमशेर जबरा पनि धबलको विरोधमा देखिएका छन् । उनीनिकट ठाकुर शर्माले पनि धबलको आलोचना गरेका छन् ।

प्रतिक्रिया