अमेरिकाले युक्रेनलाई दिदैआएको सहयोग रोक्यो
एजेन्सी, १२ माघ । अमेरिकाले युक्रेनलाई दिदैआएको सहयोग रोकेको । शुक्रबारबाट अमेरिकाले ९० दिनका लागि युक्रेनलाई दिदैआएको सबै सहयोग रकम फ्रिज गरेको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सहयोग रोकेको पोलिटिकोले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपतिले विदेशी सहयोगसम्बन्धी पुनरावलोकन गर्न आदेश दिएलगत्तै युक्रेनलाई दिदैआएको सहयोग रकम फ्रिज गरिएको हो ।
अमेरिकी विकास नियोग युएसएडले विद्यालय, स्वास्थ्य, आकस्मिक, बालबालिकालाई भ्याक्सिनलगायतका क्षेत्रमा समेत दिइआएको सहयोग कार्यक्रम रोकिएको छ । युएसएडले २०२२ यता ३० अर्ब डलर विभिन्न विकास परियोजनामा खर्च गरेको छ । अब त्यसमा असर परेको छ ।