२९ माघ २०८१, मंगलबार | February 11, 2025

कहाँबाट कहाँ पुग्यो गणतन्त्र भारत


January 25, 2025
2.2k
Shares

विपिन देवः भारतीय स्वतन्त्रता संग्रामको गर्भबाट उत्पन्न भएको गणतान्त्रिक यात्रा ७६ वर्षको उकालो र ओरालो पार गर्दै प्रजातान्त्रलाई सुदृढीकरण तर्फ लगेको छ । वास्तवमा स्वतन्त्रता संग्राम विभिन्न राजनीतिक चिन्तनधाराको प्रयोग भएता पनि गान्धीवाद नै अग्रपंक्तिमा रहेको थियो । विभिन्न पृथक विचारधारालाई मुलप्रवाहमा ल्याएर स्वतन्त्रता प्राप्ती गराउनमा गान्धीवाद एउटा अदभूत प्रयोग थियो । भारतको गणतान्त्रिक यात्रालाई सफल बनाउन नेतृत्वको भूमिका नै अहम रहेको छ ।

नेतृत्व पंक्तिको भूमिकालाई आलोकित गर्दै डा. करण सिंहले बडो महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । डा. सिंह अनुसार भारतको प्रथम प्रधानमन्त्री नेहरुदेखि हाल मोदीसम्म प्रत्येक प्रधानमन्त्रीले छुट्टै पहिचानका साथ भारतको निर्माणमा भूमिका खेलेका छन् । प्रजातन्त्रलाई संस्थागत गर्दै भारतलाई विज्ञान र प्रविधिको वाटोमा लाग्ने काम नेहरुले नै गरेका हुन् । संस्थागत विकास, प्रेस स्वतन्त्रता, निर्वाचनको अभ्यासका साथै अन्तर्राष्ट्रिय जगतमा भारतको पहिचान बनाउन नेहरुको योगदानलाई नर्कान सकिदैन ।

असंगग्न आन्दोलनको माध्यमबाट एशिया र अफ्रिकाका मुलुकहरू साम्राज्यवाद र उपनिवेशवाद विरुद्ध क्रान्तीको विगुल फुक्ने काम नेहरुले नै गरेका थिए । कोरियन युद्धलाई आप्mनो नैतिक वलको आधारमा विराम लगाउने सार्मथ्य नेहरुको नै थियो । आफ्नो कालजयी पुस्तक “डिसकोभरी ऑफ इण्डिया”, “अटोयोग्राफी” र “गिलमसेज ऑफ वल्र्ड हिष्ट्रि” को माध्यमबाट उनले विश्व राजनीति र इतिहासलाई वडो सुझम विषलेशण गरेका छन् । रामचन्द्र गुहाले आफ्नो पुस्तक “इण्डिया आफ्टर गान्धी” मा नेहरुको प्रजातन्त्र प्रतिको समर्पणलाई उच्च मूल्याङ्कन गरेको देखिन्छ ।

एम.जे.अकवरले नेहरुको जीवनीमा आइगस्टाइनदेखि रविन्द्र नाथ टाइगोरसम्म नेहरुवाट प्रभावित भएको कुरा विषलेशण गरेका छन् । कालान्तरमा नेहरुको काश्मिर नीति र चीन प्रतिको नीतिको घोर आलोचना हिन्दुवादी संघ संगठनले गर्दै आएको छ । सन् २०१४ मा मोदीको आगमनका साथै नेहरु प्रतिको विरोध तीव्र रूपमा चक्रिएको छ । तर सन् २०१४ पश्चात नै नेहरुको व्यक्तित्व र कृतीत्व माथि अधिक प्रकाशन भएको छ । नेहरु पश्चात लाल बहादुर शास्त्रीको छोटो कार्यकाल इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । सदाचार र सादगीको प्रति मुर्तिको रूपमा शास्त्रीले आर्थिक आत्मनिर्भरताको संदेश भारत भरी तरंगित गरेका थिए । “जय जवान” र “जय किशान”को नाराका साथ उनले सन् १९६५ मा पाकिस्तानलाई पराजय गरेर सन् १९६२ वाट चीनवाट पराजित भएका भारतवासीमा लद्युताभाष हटाएका थिए भने कृषी क्रान्तिको बिगुल समेत फुकेका थिए । रुसका तत्कालीन राष्ट्रपति कुरुसचेमले शास्त्रीको सादगी प्रति आदर व्यक्त गर्दै कम्युनिष्ट भन्दा गान्धीवादीहरू सादगी र सदाचारमा अब्वल रहेको कुरा उल्लेख गरेका छन् । शास्त्री पश्चात इन्दिरा गान्धीको कार्मकाल बडो महत्वपूर्ण देखिएको छ । इन्दिरा गान्धीको प्रधानमन्त्रीत्व कालमा नै पाकिस्तान विभाजन भएको थियो ।

७० को दशकमा पाकिस्तानमा सैनिक हस्तक्षेप गर्दै ९० हजार सैनिकलाई समर्पण गराई बंगलादेशको धाईआमा बनेकी इन्दिरा कूटनीति र सामरिक नीतिमा अब्वल थिइन् । तत्कालीन अवस्थामा अमेरिका, चीन र पाकिस्तानको त्रीकोणात्मक सम्बन्ध सघन रहेको थियो । चीन र अमेरिकाले संयुक्त रूपमा युद्धको धम्की दिदा इन्दिराले सन् १९७१ म सोभीयत संघसंग शान्ती सम्झौता गरेर अमेरिकी दवावलाई मत्थर गरेकी थिइन् । तर इन्दिराको कार्यकाल विवादित समेत रहेको थियो । संकटकालको घोषउाा गरेर प्रजातान्त्रिक बाटोलाई उनले अवरोध समेत गरेकी थिइन् । तर जे.पी. आन्दोलनले गर्दा प्रजातन्त्र फेरी बलियो भएर आयो । इन्दिराको हत्या पश्चात युवा प्रधानमन्त्रीको रूपमा राजीव सत्तारहोन भए । राजीव गान्धीको मन्त्रीमण्डल नै युवा पंक्तिले भरिएको थियो । माधव राव सिन्धिया, राजेश पाइलोट, गुलाव नबी अजाद जस्ता अनेकौ जोश र जागरवाट जागृत युवा पंक्ति मन्त्रीमण्डलमा समावेश भएका थिए । उनको आधुनिक विकासको सोच प्रति कटाक्ष गर्दै बंगालका मुख्यमन्त्री ज्योती वपुले कुनलाई “मिष्टर कम्प्युटर”को उपमा दिएका थिए । श्रीलङकामा सैनिक हस्तक्षेपलाई उनको कूटनीतिक कमजोरीको रूपमा चित्रित गरिन्छ भने सार्कको निर्माण र विकासमा उनको योगदानलाई उच्च मूल्याङ्कण गरिन्छ । राजीवको हत्या पश्चात भारतीय राजनीतिका चाणक्य नरसिंहा राव सत्तारोहण भए ।

नरसिंहा रावको कार्यकाल चूनौतीपूर्ण रहेको थियो । सोभीयत विघटन हुनु, भारत आर्थिक दिवालीयापनको संघारमा हुनु, पञ्जावमा आतंकवाद बढ्नु र अल्पमतको सरकार हुनु जस्ता अनेकौं चूनौतीहरू चाडमा रावले भारतलाई आर्थिक उदारवादको यात्रामा लम्काए । रावले आर्थिक उदारवादको गोरेटोमा नलगेको भए आज भारत विश्वको पॉचौ अर्थतन्त्र हुने थिएन । आसियानसंग सघन सम्बन्ध बनाउन लुक इष्टको नीति, इजरायलमा दुतावसको स्थापना, चीनसंग घनिभूत रूपले व्यापारिक सम्वन्धको थालनी र अमेरिका र युरोपसंग प्रविधि विकासको सम्बन्ध रावको महत्वपूर्ण उपलब्धिको रूपमा लिन सकिन्छ ।

रावको कार्यकाल पश्चात अटल विहारी वाजपेयीको कार्यकाल पनि रोचक रहेको छ । ७० को दशकमा परराष्ट्रमन्त्री समेत भएका बाजपेयी अन्तराष्ट्रिय मामलाका कुशल जानकार थिए । उनको व्यक्तित्व, कृतित्व र कवित्वले राजनीतिलाई सम्बलता प्रदान गथ्र्यो । वाजपेयीको कार्यकालमा भारत आणविक परिक्षण गरेको थियो । भारतको आणविक परीक्षणले गर्दा अमेरिका क्रोधित भएका थिए । तत्कालीन अवस्थामा भारतले अमेरिकाको आर्थिक नाकावन्दी समेत सहनु परेको थियो । वाजपेयीको पाकिस्तान वस यात्रा एउटा मित्रता र सदभावको संदेश थियो । पाकिस्तानी शासक मुसरफलाई आगरा निम्ता गरेर पाकिस्तानसंग मित्रताको प्रयास गर्नु नै कूटनीतिको नयॉ अभ्यास रहेको थियो । वाजपेयीको कार्यकालमा भारतले कूटनीति क्षेत्रमा नयॉ पहिचान प्राप्त गर्यो । वाजपेयी पश्चात दुई कार्यकाल प्रधानमन्त्रीको रूपमा डा. मनमोहन सिंहले नेतृत्व गरे । राव सरकारको अर्थमन्त्रीको रूपमा ख्याती प्राप्त गरेका डा. सिंहको अर्जुनदृष्टि नै आर्थिक रूपान्तरको लागि अभिप्रेरित थियो । डा. सिंहले आफ्ना सबभन्दा महत्वपूर्ण उपलव्धीको रूपमा अमेरिकासंग भएको आणविक सम्झौतालाई मानेका छन् । आर्थिक खुलापनको यात्रामा पु‘जी र प्रविधि निवेश नै डा. सिंहको कार्यदिशा रहेको थियो । उनको वौद्धिक व्यक्तित्वको कारणले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक अधिक प्रभावित थिए । डा. सिंहको कार्यकाल पछि भारत मोदीको युगमा प्रवेश गरेको छ । सन् २०१४ मा मोदीको आगमन पश्चात भारत आर्थिक विकासको यात्रामा नयॉ फड्को मारेको छ ।

सन् २०१४ देखि हालसम्म २५ करोड भारतीयहरू गरिवी रेखामुनीबाट वाहिर आएको छ । हरेक अन्तर्राष्ट्रिय मञ्चमा भारतले आप्mनो अवाज, ध्वनित गरेको छ । जी टेउन्टी, व्रिक्स, संघाई सहयोग संगठन, विक्सटेक जस्ता अनेकौ अन्तर्राष्ट्रिय मञ्चमा भारतले पदचाप छोडेको छ । कोरनाको कहरमा ११० मुलुकहरू कोरनाको खोप उपलब्ध गराउनु, ट्रकीको भूइचालो हुंदा सबभन्दा अग्रपंक्तिमा राहत साम्रगीसाथ उपस्थित हुनु, र विभिन्न मिशनहरूवाट आफत र संकटको समयमा भारतीयहरूलाई आप्mनो मुलुकमा ल्याउंन सक्नुलाई कूटनीतिको अदभूत अध्यासको रूपमा व्याख्या गर्न सकिन्छ ।

मोदीको कार्यकालमा अमेरिकासँगको सम्वन्ध महत्वपूर्ण कूटनीतिक अभ्यासको रूपमा लिन सकिन्छ । अमेरिकामा सरकार र पार्टी परिवर्तनको भारत अमेरिकी समबन्धमा कुनै असर नपरेको जानकारहरूको बुझाई रहेको छ । ओभामादेखि ट्रम्पसम्म मोदीको व्यक्तिगत रसायन (केमेस्ट्री) अब्बल रहेको छ । मोदीको कार्यकालमा चीनसंग पनि सघन सम्वन्ध बनाउन कूटनीति परिचालित भएता पनि डोकलमदेखि गलवान भिडन्तसम्म भारत चीन सम्वन्ध तनावपूर्ण रहेको छ भने भारत पाकिस्तान सम्वन्ध पनि सहज रहेको देखिदैन । वंगलादेशमा डा. युनुसको आगमनको साथै दुई दशकदेखि रहेको सघन सम्वन्ध असहज हुंदै गएको छ । मोदीको श्रीलङ्कामा र मालदिभ्ससंगको सम्बन्धमा सहजता देखिएको छ । मोदीको कार्यकालमा अन्तर्राष्ट्रिय जगतमा भारतको सहयोग र योजनाहरू विस्तार भएको देखिन्छ । ७८ वटा मुलुकहरूमा भारतको योजनाहरू लागु भइरहेको छ । विद्युत्तिय पूर्वाधारको क्षेत्रमा भारतले अभूतपूर्व फडको मारकेोछ । संसारको आधा डिजिटल पेमेन्ट भारतमा नै हुने गरेको छ । ७६ औं गणतान्त्रिक यात्राको छोटो व्याख्याको आधारमा प्रजातन्त्रलाई संस्थागत गर्न र आर्थिक विकासको तीव्रता दिन नेतृत्वीको भूमिका नै महत्वपूर्ण हुने कुरा निष्र्कषमा पुग्न सकिन्छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना !

प्रतिक्रिया