कहाँबाट कहाँ पुग्यो गणतन्त्र भारत
विपिन देवः भारतीय स्वतन्त्रता संग्रामको गर्भबाट उत्पन्न भएको गणतान्त्रिक यात्रा ७६ वर्षको उकालो र ओरालो पार गर्दै प्रजातान्त्रलाई सुदृढीकरण तर्फ लगेको छ । वास्तवमा स्वतन्त्रता संग्राम विभिन्न राजनीतिक चिन्तनधाराको प्रयोग भएता पनि गान्धीवाद नै अग्रपंक्तिमा रहेको थियो । विभिन्न पृथक विचारधारालाई मुलप्रवाहमा ल्याएर स्वतन्त्रता प्राप्ती गराउनमा गान्धीवाद एउटा अदभूत प्रयोग थियो । भारतको गणतान्त्रिक यात्रालाई सफल बनाउन नेतृत्वको भूमिका नै अहम रहेको छ ।
नेतृत्व पंक्तिको भूमिकालाई आलोकित गर्दै डा. करण सिंहले बडो महत्वपूर्ण अभिव्यक्ति दिएका छन् । डा. सिंह अनुसार भारतको प्रथम प्रधानमन्त्री नेहरुदेखि हाल मोदीसम्म प्रत्येक प्रधानमन्त्रीले छुट्टै पहिचानका साथ भारतको निर्माणमा भूमिका खेलेका छन् । प्रजातन्त्रलाई संस्थागत गर्दै भारतलाई विज्ञान र प्रविधिको वाटोमा लाग्ने काम नेहरुले नै गरेका हुन् । संस्थागत विकास, प्रेस स्वतन्त्रता, निर्वाचनको अभ्यासका साथै अन्तर्राष्ट्रिय जगतमा भारतको पहिचान बनाउन नेहरुको योगदानलाई नर्कान सकिदैन ।
असंगग्न आ

