१० माघ २०८१, बिहिबार | January 24, 2025

इन्ड्राइभ चलाउने युवकले सित्तैमा यात्राको बदला जब गरे एक घन्टा बस्ने प्रस्ताव


January 23, 2025
3.2k
Shares

काठमाडौं, १० माघ । के तपाईँ इन्ड्राइभमार्फत् गाडी बुक गर्दै हुनुहुन्छ । यदि हो भने र्दुव्यवहार र ठगीबाट होशियार रहनुहोस् । पछिल्लो समय इन्ड्राइभ या अन्य राइड सेयरिङमार्फत् बुक गर्नेहरुबाट ठगी, र्दुव्यवहार जस्ता आपराधिक घटना सार्वजनिक हुन थालेका छन् ।

त्यस्तै भएको छ मुग्लिनबाट काठमाडौँ आउनका लागि इन्ड्राइभ बुक गरेकी एक महिला यात्रुलाई । उनलाई इन्ड्राइभबाट बुक गरेका सवारी चालकले बिच बाटोमा एकान्तमा बस्न र त्यसबापत भाडा नलिन गरेको प्रस्ताव सार्वजनिक भएको हो ।

एन्जिला खनाल नाम गरेकी एक युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेका छन् । ‘मुग्लिनबाट काठमाडौँ आउन बुक गरिएको उक्त प्लेटफर्मको चालकले एक घण्टा बसौँ न ल बरु पैसा लिन्न भन्दै अनुचित प्रस्ताव गरेको’ उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश राख्दै गर्दै खनालले आफूले सो घटनापछि तत्काल इन्ड्राइभबाट सुरक्षाको प्रत्याभूति नपाएको बताएका छन् ।

टिकटकमा अपलोड गरिएको १० मिनेट लामो भिडियोमा उनले आफूले इन्ड्राइभ चालकबाट भोगेको दुर्व्यवहार खुलासा गरेका छन् ।

उनका अनुसार माघ २ गते उनी आफ्नी बहिनीसहित चितवनबाट काठमाडौँ फर्किँदै थिए । मुग्लिन बजार आइपुग्दा उनीहरू चढेको गाडी बिग्रियो ।

गाडी मर्मत गर्न कति समय लाग्छ भन्ने टुङ्गो नलागेको र साँझ परेपछि विकल्प खोज्ने क्रममा उनले इन्ड्राइभले अहिले सुरु गरेको सिटी टु सिटी सेवा लिन एपको प्रयोग गरिन् ।

उनले भनेका छन् ‘अहिले इन्ड्राइभले नेपालका सेलिब्रेटिहरु प्रयोग गरि प्रमोसन गरिरहेको छ । त्यसैले उनले १२ वर्षको बच्चा पनि साथमा भएकाले इन्ड्राइभ नै उपयुक्त विकल्प लाग्यो आपत्‌ पर्दा सबैभन्दा पहिला इन्ड्राइभ नै सम्झिएकी थिएँ । ’

खनालका अनुसार उनले इन्ड्राइभको सिटी टु सिटी सेवाका लागि राइड बुक गरिन् । उनको रिक्वेस्ट गरेपछि राइडरले स्वीकार गरेर उनलाई इन्ड्राइभकै सिस्टमबाट फोन गरे ।

यो सिस्टममा राइडरको नाम फोन नम्बर आउँदैन तर राइडरको कल आउँछ । सोही अनुसार उनलाई ती राइडरले कल गरे र आफू नारायणगढ भएपनि काठमाडौँ जानुपर्ने भन्दै यात्रुले प्रस्ताव गरेको भाडामा ५ सय रुपैयाँ थप गर्न अनुरोध गरे ।

उनले आफूले प्रस्ताव गरेको भाडा नै अन्तिम भएको बताए । चालकले आफूलाई मुग्लीन आउन ४०र४५ मिनेट लाग्ने भन्दै जाने नजाने २ मिनेटमा खबर गर्ने भन्दै नम्बर मागे र ह्वाट्एसपमा खबर गर्ने बताए । फोनमै उनले २ जना मात्रै हुनुहुने रहेछ म लैजान्छु भन्दै स्वीकार पनि गरे । र फोन राखे ।

उनले चालकलाई पर्खिरहेका थिए । लगत्तै चालकले ह्वाट्एसपमा म्यासेज गरे । जुन मेसेज हेर्दा एन्जिला झसङ्ग भए । राइडरले भाडा बढाउन मेसेज गरेको होला भनेर म्यासेज हेरिन् तर म्यासेज उनले सोचे जस्तो थिएन । ती चालकले उनलाई खराब नियत राखेर म्यासेज गरेका थिए ।

चाकलले ‘म एउटा कुरा सोधम नरिसाउनुस ल ? ’ भन्दै म्यासेज पठाउँछन् । यात्रुले ‘भन्नुस्’ भन्छिन् ।

फेरी चाकलले ‘हुन्छ कि नाई ?’ भन्ने म्यासेज गर्छन् । यात्रुले ‘के भन्नु भएको हो दाइ मैले बुझिन’ भन्ने जवाफ दिन्छिन् ।

त्यसपछि चालकले ‘बाटोमा एक घण्टा बसम न ल, बरु पैसा लिदिनँ हुन्छ ?’ भन्दै म्यासेज गर्छन् । त्यस लगत्तै यात्रुले ‘के गर्नुभएको दाइ ? भयो छोड्दिनु हजुर नआउनु’ भन्ने जवाफ दिन्छिन्।

फेरी ती चालकले ‘किन ?’ भन्दै उल्टै प्रश्न गर्छन् । ‘यात्रुले लाज लाग्दैन, के भन्न खोजेको भन्दै ह्यारसर अर्थात् पीडक भन्दै म्यासेज फर्काउँछन् । साथै ‘कम्पेल्न गर्दीम ? के सोचेर भन्नुभएको यो ?’ भन्दै म्यासेज गर्छन् ।

चालकको ‘मन मिल्यो भने’ भन्दै म्यासेज गर्छन् । त्यसपछि यात्रुले ‘तपाईँले सोचेको जस्तो मान्छे होइन म’ भन्दै ब्लक गर्छिन् ।

यो घटनापछि उनले टिकटकमा लामो भिडियो राख्दै राइड शेयरीङमा हुने असुरक्षादेखि इन्ड्राइभरको भौतिक कार्यालय तथा सम्पर्क विवरण नराखिएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।

‘यत्ति ठूलो समस्यामा मैले तत्काल सम्पर्क गर्न सकिन, उनले भनेका छन्, ‘यदि ती चालकले ह्वाट्सएपमा मेसेज नगरी आफू र बहिनिलाई रिसिभ गरेर मुग्लिनबाट काठमाडौँ अँध्यारोमा केही गरेको भए त्यो परिस्थिति कस्तो हुन्थ्यो ? म कहाँ हुन्थे, मेरो बहिनी कहाँ हुन्थ्यो ? त्यो अवस्था नसोचेको हुन्थ्यो ?’

साथै उनले आफूले गुनासो गर्न खोज्दा इन्ड्राइभको भौतिक कार्यालय र सम्पर्क नम्बर नभेटेको बताएका छन् ।

उक्त इनड्राइभर चालक हुन्– चितवनको नारायणी नगरपालिका वडा नम्बर–४ घर भएका प्रवीण बराल । उनी माघ ८ मा पक्राउ परेका थिए ।

बरालले त्यसअघि पनि अन्य महिलाहरूलाई विभिन्न बहाना बनाएर यौन प्रस्ताव राख्ने र ठग्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ५ वर्षअघि म्युजिक भिडियो खेलेका बरालले सो भिडियो देखाएर महिला ग्राहकहरूलाई ‘मोडल बनाउँछु’ भन्ने गरेको समेत देखिएको प्रहरीले जनाएको छ ।

‘कतिपय यात्रुसँग उनले १ हजारभन्दा माथिको भाडा रकम लिएर सम्पर्कविहीन हुने गरेको देखिएको छ ।

अनलाइन आग्रह स्विकार्नासाथ उनले अनलाइनमार्फत रकम पठाइदिन आग्रह गर्ने र रकम आफ्नो खातामा आएपछि ब्लक गरेर सम्पर्कविहीन हुने गरेको घटना समेत खुलेको छ ।

प्रतिक्रिया