१७ चैत्र २०८१, सोमबार | March 31, 2025

उपत्यका विकास प्राधिकरणको स्वीकृती नलिई अवैध कित्ताकाट गरिए कडा कारबाही हुने


January 19, 2025
913
Shares

काठमाडौं, ६ माघ । काठमाडौं उपत्यका विकास प्राधिकरणसँग स्वीकृति दलिई अवैध कित्ताकाट गरिएमा कडा कारबाही हुने भएको छ । प्राधिकरणले सूचना जारी री मापदण्ड विपरित भए गरेका कित्ताकाट र निर्माणका सम्बन्धमा उजूरी गर्न समेत अपिल गरेको छ । उजूरीका लागि हटलाइन नम्बर ९८५१३५५५१५ मा सम्पर्क गर्न समेत भनेको छ ।

प्राधिकरणका कानून अधिकृत घनश्याम पौडेल र जिल्ला आयुक्त कार्यालय काठमाडौंका इञ्जिनियर सुवास बस्नेतले विज्ञप्तिमार्फते सार्वजनिक, ऐलानी जग्गाको संरक्षणमा समेत प्रतिवद्ध रहेको जनाएका छन् ।

प्राधिकरणले शहरीकरणलाई व्यवस्थित गर्न जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय, सभा सम्ेलन भवन, सांस्कृतिक समारोह तथा भोज भतेर स्थल, अस्पताल विद्यालय, कलेज, नर्सिङ होम, सामूहिक आवास, मनोरन्जन भवन निर्माण गर्न प्राधिकरण तथा अन्तर्गत जिल्ला आयुक्तको कार्यालयबाट योजना अनुमती अनिवार्य रुपमा लिनुपर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया