तस्बिरमा विष्णुडोलमा व्यवसायिक बक्सिङ

ललितपुर, ५ माघ । व्यवसायिक बक्सिङको विकासमा सक्रिय पूर्व राष्ट्रिय बक्सर म्याक्स बस्नेतको सक्रियतामा महालक्ष्मी नगरपालिकाको विष्णुडोलमा व्यवसायिक बक्सिङ प्रतिष्पर्धा भएको छ । १८ खेलाडीले भिन्न स्पर्धामा प्रतिष्पर्धा गरेको प्रतियोगिता निकै रोमाञ्चक थियो ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गरिसकेकाहरु सहभागी थिए । पूर्व राष्ट्रिय खेलाडी, प्रशिक्षक, जजहरुसमेत सहभागी भए ।
प्रतियोगिताका सहभागीलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।