सैफ अलि खान खतरामुक्त, आक्रमणकारीको पहिचान

एजेन्सी, ४ माघ । बलिउड नायक सैफ अली खान खतरामुक्त भएका छन् । उपचारका क्रममा उनका चोटहरुको अध्ययनपछि मुम्बईको लीलावती अस्पतालका चिकित्सकले खतरामुक्त घोषणा गरेका हुन् ।
खानको सबैभन्दा गहिरो घाउ तीन इन्च गहिरो रहेको जनाइएको छ । बिहिबार विहानै मुम्बईको बान्द्रास्थित अर्पाटमेन्टको ११औं तल्लामा आक्रमणमा परेका थिए खान । आक्रमणपछि खानलाई अस्पताल लगिएको थियो ।
खानमाथि आक्रमण गर्ने युवकको पहिचान भएको छ । सीसीटीभी फुटेजमा ती युवाको अनुहार समेत देखिएको छ । ती युवकले १ करोड मागेको बताइएको छ । उनको खोजी भइरहेको छ ।