‘रविले निवेदन हालेरै सेयर लिए, प्रबन्ध निर्देशक नहुँदै गैरकानुनी पैसा चलाए’
काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का निलम्बित सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण
तीन दिनसम्मको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले ६० लाख धरौटी माग्ने आदेश दिएको हो । जिल्ला अदालतको सो आदेशसँगै लामिछानेले अब हिरासतबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।
यसअघि लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सहकारी ठगीमा लामिछानेको संलग्नता’दयगत उपलब्ध प्रमाणहरूको विवेचना गर्दै उनी ‘अहिले नै कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुनेगरी’ तत्काल ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश जारी गरेको हो ।
लामिछानेले अनुसन्धान अधिकारी र अदालतसमक्षको बयानमा कसुरमा संलग्नता इन्कार गरे पनि उनी कसुरदार होइनन् भन्न सक्ने अवस्था नदिएको आदेशमा उल्लेख छ । गोर्खा मिडियाबाट राजीनामा दिई छोडेर जाँदा पनि सेयरको पैसा नलिई त्यत्तिकै सेयर हस्तान्तरण गरेर गएको लामिछानेले बयानमा भनेका थिए । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएको रकमका ’दयगतमा आफूलाई केही थाहा नभएको र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम नलिएको भन्दै आफू निर्दोष भएको भनेर उनले इन्कारी बयान दिएका थिए ।
– लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश
– रवि लामिछाने सहकारीको कसुरदार होइन भन्न सक्ने आधार देखिएन स् जिल्ला अदालत
यद्यपि, लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको बिक्रीमा रहेको १ लाख ८० हजार कित्ता सेयरमा लगानी गर्न इच्छा भएको निवेदन मागबमोजिम यस प्रालिमा बिक्रीमा रहेको सेयरमध्ये १ लाख ८० हजार कित्ता सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर खरिद गरेको देखिएको हुँदा उनी गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर होल्डर एवं प्रबन्धक निर्देशकसमेत रहेको देखिएको अदालतको आदेशमा भनिएको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुअघि प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकमा खाता खोली सञ्चालनमा ल्याएको, निज प्रबन्ध निर्देश�
