२७ पुस २०८१, शनिबार | January 12, 2025

अमेरिकी गुप्तचर संस्था सीआइएले व्ह्वाट्सएप मेसेज पढ्न सक्ने


January 11, 2025
249
Shares

एजेन्सी, २७ पौष । मेटाका सीइओ मार्क जुकनवर्गले अमेरिकी गुप्तचर संस्था सीआइएले व्हाट्सएप मेसेज पढ्न सक्ने स्वीकारेका छन् । उनले सीआइएसहित अमेरिकी आधिकारिक निकायहरुमा व्हाटसएप मेसेज पढ्नसक्ने पहुँच भएको स्वीकारेका हुन् ।

शुक्रबार पोडकाष्टमा बोल्दै जुकनवर्गले व्हाट्सएपमा अमेरिकी सुरक्षा निकायहरुको पहुँचबारे बोलेका हुन् । विश्वभर जोकसैले चलाउने व्हाट्सएप अमेरिकी निकायले हेर्न सक्ने जुकनवर्गको भनाईबाट प्रष्ट भएको छ ।

टकर कारलसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तवार्ताको प्रयास गर्दा प्रयोग गरेको इमेल र मेसेजहरु अमेरिकी सुरक्षा निकायले हेरेको विषय आएपछि जुकनवर्गको भनाई सार्वजनिक भएको हो । टकरले तीनपटकको प्रयासपछि पुटिनसँग अन्तवार्ता लिएका थिए । त्यस क्रममा उनी इमेलमार्फत् प्रश्न पनि पठाएको खुलेको छ ।

प्रतिक्रिया