सूर्यदर्शन सहकारी ठगी प्रकरणः आज आदेश आउन सक्ने
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीसमेतका मुद्दामा प्रतिवादीहरूका सम्बन्धमा कास्की जिल्ला अदालतले बिहीबार ९आज० आदेश दिने सम्भावना छ ।
हाल अदालत उपस्थित गराइएका सात जना प्रतिवादीका तर्फबाट वकिलहरूको बहस बुधबारदेखि सकिएको छ । बुधबार नै जाहेरवालाका तर्फबाट पनि जवाफी बहस भयो भने अब सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस मात्र हुन बाँकी छ । प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस सकिएसँगै जाहेरवाला तथा सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्ने व्यवस्था छ ।
अब बहस आखिरीमा पुग्दा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, पूर्वसांसद मीना गुरुङसमेतका प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा तारेखमै रिहा गर्ने रु भन्ने आदेश’दयगत सबैको चासोको विषय छ ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बुधबार साँझ राजधानीसँग भने, ‘अब भोलि ९बिहीबार० सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ, सायद भोलि ९बिहीबार० नै थुनछेक आदेश आउला ।’
से्रस्तेदार खनालको अनुमान नमिले अन्ततः शुक्रबार ९भोलि०सम्म न्यायाधीश नीतिज राईको इजलासले आदेश सुनाउनेछ ।
बहुचर्चित सहकारी ठगी काण्ड पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर भएको छ ।
गत वर्ष १८ असोज २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएकामा यस वर्ष गत ५ र ७ पुसमा लामिछाने, पूर्वडीआईजी जोशीसमेतलाई प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो । ती प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी छ । हाल अदालतमा उपस्थित गराइएका प्रतिवादीहरूमा लामिछाने, जोशी, लीला पछाईं, मीना गुरुङ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङ हुन् ।
बुधबार प्रतिवादीहरूमध्ये रामबहादुर खनालका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा, अधिवक्ता मोहनबहादुर थापाले बहस गरे ।
कृष्णबहादुर गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ता हरि सुवेदी र अधिवक्ता गंगाप्रसाद सुवेदीले बहस गरे ।
अर्का प्रतिवादी पूर्वसांसद मीना गुरुङ र आरती गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रबहादुर थापामगर र अधिवक्ता मनोज घर्तीमगरले बहस गरे ।
प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस सकिएपछि जाहेरवालाका तर्फबाट रमणकुमार कर्ण, राम श्रीश, वेदबहादुर ९बीबी० विष्टले जवाफी बहस गरेको स्रेस्तेदार खनालले जानकारी दिए ।
बिहीबार ९आज० जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता गोविन्दराज गौलीको जवाफी बहससँगै अदालतले थुनछेक आदेश दिनेछ । राजधानी दैनिकबाट