७.१ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं, २३ पौष । चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको ७.१ म्याग्निच्युडको भूकम्पको धक्का नेपालभर महशुश भएको छ । विहान ७ बज्नैलाग्दा गएको भूकम्पले काठमाडौं उपत्यकामा ठूलो धक्काको महशुश भयो ।
सिन्ह्वाका अनुसार तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर भूकम्प गएको हो । जमिनबाट १० किलोमिटर तलमात्र केन्द्रबिन्दु भएर धक्का बढी महशुश भयो ।
भारतीय सञ्चारमाध्यमले भूकम्प ७.१ म्याग्निच्युडको भएको र नेपालको लोबुचे केन्द्रबिन्दु भएर गएको जनाएका छन् । भारतको विहार र उत्तर प्रदेशमा पनि धक्काको महशुश भएको छ ।