देशभर एकतावद्ध हुँदै हिन्दू शक्ति
विराटनगर, २१ पौष । हिन्दू शक्ति देशभर एकतावद्ध हुँदै गएका छन् । हिन्दू स्वयंसेवक संघले देशभरका हिन्दूहरुलाई एकतावद्ध बनाउन गरिरहेको कार्यले एकताको जागरण पनि ल्याएको छ ।
संघले राष्ट्रका लागि संकल्पिन व्यक्ति निर्माणको अभियान दशकौं देखि चलाएको छ । यसले सार्थक परिणामहरु दिन थालेको छ ।
हिन्दूहरु विभिन्न जात जाति, क्षेत्र, वर्ण, लिङ्गका आधारमा योजनावद्ध तरिकाले विभाजित बनाइएको षड्यन्त्रबाट सचेत हुन थालेका छन् । यो षड्यन्त्रलाई चिर्न पनि एकतावद्ध हुनुपर्ने महशुश गरी देशव्यापी रुपमा एकतावद्ध हुँदै गएका छन् । जसको मुख्य कार्यभार हिन्दू स्वयंसेवक संघले लिएको छ । संघका कार्यकर्ताले निस्वार्थ भावले तन, मन, वचन र कर्मले हिन्दू एकताको अभियानलाई परिणाममुखी बनाउँदै लगेका छन् ।
विराटनगरमा संघले १३ देखि २० पौषसम्म प्राथमिक शिक्षक वर्ग विशेष सञ्चालन गरेको थियो । जसमा कोशी, जनकपुर, बागमती र गण्डकीका दायित्वधारी कार्यकर्ता सहभागी भई एक हप्ता लामो कठोर साधनाका लागि प्रशिक्षण लिए । प्रशिक्षणमा हिन्दू समाजमा जागरण, एकता, सक्रियता बढाउनका लागि केन्द्रित रहेर विमर्श भएका थिए ।
संघका दायित्वधारी कार्यकर्ताहरुले प्रशिक्षणमा हिन्दू समाजको इतिहास, सामथ्र्य, चेतना, भावना, महत्व, संस्कारलगायतको व्याख्या गरेका थिए ।
हिन्दू समाजलाई जात, क्षेत्र, लिङ्ग, वर्णका आधारमा छिन्नभिन्न पारेर षड्यन्त्रहरु भइरहेको विषयबारे संघका कार्यकर्ताले गम्भीरता देखाए । हिन्दू समाज शास्त्रमा आधारित भएको तर शास्त्र बचाउन चुप लागेर नबस्ने निष्कर्ष पनि निकालियो ।
नेपाल राष्ट्र हिन्दू धर्मको जगमा उभिएको र त्यसलाई बचाउन पनि हिन्दूहरु एक हुनुपर्ने, एक अर्कालाई सहयोग गर्नुपर्ने, समन्वय गर्नुपर्नेमा जोड दिइयो ।
देशमा धर्मनीरपेक्ष ल्याएर हिन्दू धर्ममाथि प्रहार भएकोले हिन्दूहरु एक भई हिन्दू राष्ट्र धर्मनीरपेक्ष पक्षधरहरुलाई असफल पार्नुपर्ने सन्देशहरु पनि प्रवाह गरिएको छ ।