६ बैशाख २०८३, आइतबार | April 20, 2026

राष्ट्रिय मेलमिलाप गीता, कुरान वा बाइबल होइन


January 4, 2025
498
Shares

गत मंगलबार अर्थात् पुस १६ गते । २०३३ पुस १६ का दिन बीपी कोइराला, गणेशमान सिंह र शैलजा आचार्य अन्य केही व्यक्तित्वहरूका साथ निर्वासन त्यागेर स्वदेश फिर्ता हुनुभएको थियो । त्यसबेला बीपीले राष्ट्रिय मेलमिलापको व्याख्यासहित नारा दिनुभएको थियो । त्यसैकारण कांग्रेसजन १६ पुसलाई मेलमिलाप दिवसका रूपमा मनाउँछन् । गत १६ पुसका दिन पनि कर्मकाण्डकै रूपमा भए पनि राष्ट्रिय मेलमिलाप दिवस मनाइयो । बीपीको तस्बिरअगाडि माल्यार्पण गर्दैगर्दा कति जनालाई मेलमिलापको खास अर्थ के हो भन्ने हेक्का छ वा छैन यकिन साथ भन्न मुस्किल छ । यसै सन्दर्भमा एक पूर्वकांग्रेसी जेपी गुप्ताले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेको देखें । उनले भनेका छन्, ‘उडिरहेको हवाईजहाजको इन्जिन फेल भयो भने पनि मेलमिलापले ठीक हुन्छ भन्ने खाले व्याख्या गरेको समेत देखिन्छ ।’ मलाई जेपीको सो भनाइ घत लाग्यो । वास्तवमै त्यस्तै भएको पाइन्छ । मेलमिलापलाई गितोपदेशसरह सबै दुःख कष्टको निवारक अचूक रामवाणका रूपमा महिमामण्डन गर्ने र बीपी कोइरालालाई त्रिदेवभन्दा माथि पु¥याएर देवत्वकरण गर्ने प्रवृत्ति नदेखिएको होइन ।

बीपी कोइराला समकालीन नेपालको इतिहासमा सर्वाधिक अग्ला व्यक्तित्व हुनुहुन्छ । उहाँको चामत्कारिक एवं चुम्बकीय व्यक्तित्वले लाखौंलाख नेपाली एवं विदेशीहरू प्रभावित भएको निश्चित हो । प्रचलित र लोकप्रिय धा�

प्रतिक्रिया