२२ पुस २०८१, सोमबार | January 6, 2025

राष्ट्रिय मेलमिलाप गीता, कुरान वा बाइबल होइन


January 4, 2025
498
Shares

गत मंगलबार अर्थात् पुस १६ गते । २०३३ पुस १६ का दिन बीपी कोइराला, गणेशमान सिंह र शैलजा आचार्य अन्य केही व्यक्तित्वहरूका साथ निर्वासन त्यागेर स्वदेश फिर्ता हुनुभएको थियो । त्यसबेला बीपीले राष्ट्रिय मेलमिलापको व्याख्यासहित नारा दिनुभएको थियो । त्यसैकारण कांग्रेसजन १६ पुसलाई मेलमिलाप दिवसका रूपमा मनाउँछन् । गत १६ पुसका दिन पनि कर्मकाण्डकै रूपमा भए पनि राष्ट्रिय मेलमिलाप दिवस मनाइयो । बीपीको तस्बिरअगाडि माल्यार्पण गर्दैगर्दा कति जनालाई मेलमिलापको खास अर्थ के हो भन्ने हेक्का छ वा छैन यकिन साथ भन्न मुस्किल छ । यसै सन्दर्भमा एक पूर्वकांग्रेसी जेपी गुप्ताले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेको देखें । उनले भनेका छन्, ‘उडिरहेको हवाईजहाजको इन्जिन फेल भयो भने पनि मेलमिलापले ठीक हुन्छ भन्ने खाले व्याख्या गरेको समेत देखिन्छ ।’ मलाई जेपीको सो भनाइ घत लाग्यो । वास्तवमै त्यस्तै भएको पाइन्छ । मेलमिलापलाई गितोपदेशसरह सबै दुःख कष्टको निवारक अचूक रामवाणका रूपमा महिमामण्डन गर्ने र बीपी कोइरालालाई त्रिदेवभन्दा माथि पु¥याएर देवत्वकरण गर्ने प्रवृत्ति नदेखिएको होइन ।

बीपी कोइराला समकालीन नेपालको इतिहासमा सर्वाधिक अग्ला व्यक्तित्व हुनुहुन्छ । उहाँको चामत्कारिक एवं चुम्बकीय व्यक्तित्वले लाखौंलाख नेपाली एवं विदेशीहरू प्रभावित भएको निश्चित हो । प्रचलित र लोकप्रिय धारको विपरीत जान सक्ने उहाँको क्षमता अतुलनीय थियो । लोकतान्त्रिक मूल्य र प्रजातान्त्रिक सिद्धान्तप्रति उहाँको अविचलित समर्पण वास्तवमै अद्वितीय थियो । केही समय गृहमन्त्री र लगभग १८ महिना प्रधानमन्त्री पदमा आसीन हुनुबाहेक जीवनभर उहाँ सत्ताको प्रतिपक्षी नै रहनुभयो । जीवनको ठूलो कालखण्ड त निर्वासन र जेलभित्रै गुज्रिएको थियो । तर, उहाँ जीवनभर र जीवनकालपछि पनि नेपाली राजनीतिक वृत्तको केन्द्रबिन्दु नै रहनुभयो । उहाँका यी उपलब्धिलाई कसैले धमिल्याउन सक्दैसक्दैन ।

राजाविरुद्ध सशस्त्र संघर्षदेखि लिएर तमाम वितण्डापश्चात् बीपी २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा लिएर स्वदेश आउनुभएको थियो । अधिकांश कांग्रेसजनले बीपीको यो नयाँ नीतिलाई ‘महान्’को संज्ञा दिए । कतिपय विरोधीहरूले उहाँको त्यो नीति वा नारालाई राजासामु लम्पसार परेको रूपमा पनि व्याख्या गरे । आज पनि कैयन् राजभक्त राष्ट्रवादी भनाउँदाहरू बीपीलाई राजाका ठूला हिमायती मान्दै कांग्रेसले बीपीको बाटो त्यागेको भन्ने आरोप लगाउँछन् । के हो त राष्ट्रिय मेलमिलाप रु यो बुझ्न तत्कालीन परिवेशलाई थोरै सम्झिनु ठीक होला ।

भनिन्छ, बीपीले भारत सरकारबाट प्राप्त हुने सहयोग राशिको ठूलो अंशसमेत समाजवादीहरूतर्फ पु¥याउनुहुन्थ्यो । यस अवस्थामा इन्दिरा गान्धी बीपीसँग क्रुद्ध हुनु स्वाभाविक थियो । सुरुसुरुमा त इन्दिराले सहिन् तर बंगलादेश युद्धको विजयपश्चात् इन्दिरा गान्धी प्रचण्ड बनेकी थिइन् । सानो मुद्दामा अपदस्थ हुने अवस्थामा पुगेकी इन्दिरा गान्धीले आपत्काल घोषणा गरेर समस्त विपक्षीलाई जेलमा कोचिन् । बीपीमाथि पनि दबाब पर्न थाल्यो । सम्भवतः केही समय गुज्रिएको भए बीपी पनि थुनिन्थे । नथुनिने भए इन्दिरा गान्धीसामु सम्झौता गर्नुपथ्र्यो ।

१ पुस २०१७ पछि झन्डै ८ वर्षको कारावासपछि बीपी निर्वासनमा जानुभयो । निर्वासनमा किन र कसरी जान बाध्य हुनुभयो भन्ने ’दयगतको एउटा पक्षका ’दयगतमा पछि कुनैबेला लेखौंला । अहिलेलाई निर्वासनमा गएपश्चात्को प्रकट रूपमा उहाँले के गर्नुभयो भन्ने तर्फ छोटो उल्लेख गरौं । मूलतः उहाँले राजासँग द्वन्द्व र संघर्षकै बाटो अपनाउनुभएको थियो । विमान अपहरण र ओखलढुंगा काण्डजस्ता विद्रोहात्मक कदमहरूमा उहाँको प्रत्यक्ष संलग्नता नभए पनि सहमति थिएन भन्ने प्रमाणचाहिँ कतै पनि छैन । भारत सरकारको एक हदको सदासयता पनि थियो नै । उहाँलाई भारत सरकारले ससम्मान सुरक्षासहित राखेको थियो र गुजारा भत्तासमेत उपलब्ध गराएको थियो भन्ने खुला तथ्य थियो । प्रजातान्त्रिक हक अधिकारका लागि संघर्षरत त्यस तहका व्यक्तिलाई अति उच्च तहको राजनीतिक शरणार्थीका रूपमा यति सुविधा उपलब्ध हुनुमा अन्यथा सोच्नुपर्ने पनि छैन । त्यसमाथि बीपी त भारतीय स्वतन्त्रता संग्राममा समेत सहभागी सम्माननीय व्यक्तित्व हुनुहुन्थ्यो । भारतमा त्यसबेला कांग्रेसको शासन थियो ।

बीपीको शासक दलसँग जति सम्बन्ध थियो, त्यसभन्दा अत्यन्तै धेरै सुमधुर सम्बन्धचाहिँ प्रतिपक्षी समाजवादीहरूसँग थियो । समाजवादी आन्दोलनका मूर्धन्य व्यक्तित्व जयप्रकाश नारायणसँग त बीपीको पारिवारिक तहमा आत्मीय सम्बन्ध थियो । चन्द्रशेखर र राजनारायणजस्ता प्रखर समाजवादीलगायत नितिशकुमार र लालु यादवजस्ता तत्कालीन युवा समाजवादीहरू त बीपीलाई लगभग गुरु र नेता नै मान्थे । स्वाभाविक रूपमा कांग्रेस र इन्दिरा गान्धीविरुद्ध बिपक्षी समाजवादीहरूको ब्यूँह रचनामा समेत बीपीको प्रत्यक्ष संलग्नता रहन्थ्यो । भनिन्छ, बीपीले भारत सरकारबाट प्राप्त हुने सहयोग राशिको ठूलो अंशसमेत समाजवादीहरूतर्फ पु¥याउनुहुन्थ्यो । यस अवस्थामा इन्दिरा गान्धी बीपीसँग क्रुद्ध हुनु स्वाभाविक थियो ।

सुरुसुरुमा त इन्दिराले सहिन् तर बंगलादेश युद्धको विजयपश्चात् इन्दिरा गान्धी प्रचण्ड बनेकी थिइन् । सानो मुद्दामा अपदस्थ हुने अवस्थामा पुगेकी इन्दिरा गान्धीले आपत्काल घोषणा गरेर समस्त विपक्षीलाई जेलमा कोचिन् । बीपीमाथि पनि दबाब पर्न थाल्यो । सम्भवतः केही समय गुज्रिएको भए बीपी पनि थुनिन्थे । नथुनिने भए इन्दिरा गान्धीसामु सम्झौता गर्नुपथ्र्यो । विगतका तमाम कदमहरूले कुनै राम्रो प्रतिफल दिन नसकेको र आफ्नो जीवन उतरार्धमा पुगेको महसुस त बीपीमा छँदै थियो । यस्तो अवस्थामा अलपत्र अवस्थामा निर्वासनमा र जेलभित्र रहेका हजारौं कार्यकर्ताप्रति एउटा दायित्वबोध हुनु पनि स्वाभाविक थियो ।

बीपीले अचानक राष्ट्रिय मेलमिलापको नारा दिँदै स्वदेश फर्किने निर्णय गर्नुभयो । मुलुकभित्र जाँदा जोखिम थियो तर त्यो जोखिम भारतमै बसिरहनुभन्दा कम थियो । राष्ट्रिय मेलमिलापको नीतिको घोषणा गर्दा दक्षिण एसियामा देखापरेका परिवर्तनहरूको हवाला दिइएको थियो । दक्षिण एसियामा उथलपुथल र परिवर्तन त २०२८÷२९ सालतिरै देखापर्न थालेको थियो । बंगलादेशको उदय र सिक्किम विलयजस्ता घटना २०३३ सालभन्दा अघि नै देखिएको हो । तर, २०३३ सालमा आएर मात्र किन त राष्ट्रिय मेलमिलाप रु सन् १९७५ पछि इन्दिरा गान्धी अत्यन्तै आक्रामक देखिएपछि बीपी अत्यन्तै अप्ठ्यारोमा पर्नुभएको हो ।

भन्न खोजिएको के हो भने राष्ट्रिय मेलमिलापको नीति अत्यन्तै बाध्यात्मक परिस्थितिमा लिइएको तात्कालिक रणनीति थियो, त्यसभन्दा बढी केही थिएन । सन् १९७७ को भारतको निर्वाचनसम्म कुर्न सकेको भए बीपीले कथित राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्नुहुन्थ्यो त रु इन्दिरा गान्धी अपदस्थ, जयप्रकाश नारायण सत्ताको केन्द्र, चन्द्रशेखर सत्तारूढ पार्टीका अध्यक्ष र कैयन् चेलाचपेटा सत्ताको वृत्तभित्र १ सम्भवतः बीपीले आक्रामक भएर राजाविरुद्ध दबाब बढाउनुहुन्थ्यो १ हेक्का रहोस्, म बीपीको राष्ट्रिय मेलमिलापको नीति गलत थियो भन्दै छैन । बीपीको राष्ट्रभक्तिप्रति पनि पटक्कै प्रश्न उठाउँदै छैन । फगत यति भन्दै छु– यो नीति तात्कालीन परिवेशमा लिइएको बाध्यात्मक कदम थियो, रणनीतिक चाल नै थियो ।

वास्तवमा राजासँग द्वन्द्व नगरी देशभित्रका शक्तिबीच समन्वय कायम गर्ने मेलमिलापको नीतिका पहिला प्रवक्ता सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो । उपाध्यायले २०१९ सालमै राजासँग वार्ताको प्रक्रिया अगाडि बढाउनुभएको थियो । उपाध्यायको भारतीय संस्थापन पक्षसँग अत्यन्तै सौहार्दपूर्ण व्यक्तिगत सम्बन्ध थियो । तर, उहाँ निर्वासनमा भारत जानुभएन । कांग्रेसले चलाएको सशस्त्र संघर्षको उहाँले समर्थन गर्नुभएन । निरन्तर राजासँग मुलुकमा लोकतन्त्र पुनस्र्थापनाका लागि संवाद जारी राख्नुभयो र बन्दी बनाइएका कांग्रेसजनको रिहाइका लागि क्रियाशील रहनुभयो । तर, दुर्भाग्य १ सूर्यप्रसाद उपाध्यायलाई राजाको मानिस र भारतको दलालका रूपमा चित्रण गरियो । पछि गएर राजाविरुद्ध संघर्ष चलाइरहनुभएका सुवर्णशमशेर जबराले पनि राजासँग सौहार्दताका साथ वार्ता अघि बढाउने उपाध्यायको लाइनलाई अँगाल्नुभयो । २०१९ सालमा उपाध्यायले सुरु गर्नुभएको मेलमिलापको नीतिलाई सुवर्णशमशेरले अनुमोदन गर्नुभएकै कारणले बीपी र गणेशमान लामो कारावासबाट छुट्नुभएको थियो ।

आमकांग्रेसीबीच उपाध्यायलाई खलनायकका रूपमा प्रस्तुत गरिन्छ । सुवर्णशमशेरलाई पनि वृत्तभन्दा बाहिरै राखिएको पाइन्छ । तर, बाध्य भएर मेलमिलापको नीति अँगाल्नुभएका बीपी कोइरालाको चाहिनेभन्दा बढी नै देवत्वकरण भएको पाइन्छ । वास्तवमा राष्ट्रिय मेलमिलापको नीति कुनै गीता, बाइबल वा कुरानजस्तो प्रश्नै गर्न नमिल्ने विषय होइन । राजधानी दैनिकबाट

प्रतिक्रिया