सक्रिय राजनीतिमा फर्किए भण्डारी र पुन
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पसाङ’ सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले पार्टीको सदस्य नवीकरण गरिसकेकी छन् । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर पार्टी अध्यक्ष बनाउने र विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने रणनीति शीर्ष नेताहरूका बीचमा बनेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएका पुनलाई पार्टीले उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ । पछिल्लो समय उनी आमन्त्रित सदस्यको हैसियतमा बैठकमा सहभागी हुने गरेका छन् ।
पुनजस्तै भण्डारी कुनै बैठकमा सहभागी नभए पनि भातृसंगठनका कार्यक्रमहरूमा सहभागी हुँदैआएकी छन् । एमालेभित्रकै नेताहरूले भण्डारीलाई सक्रिय राजनीतिमा आउन दबाब दिएका छन् । तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भण्डारी सक्रिय राजनीतिमा आएको राम्रो लागेको छैन । ‘पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा सक्रिय भइसक्नुभयो, अब छिट्टै नै पूर्वराष्ट्रपति विद्या भण्डारी पनि सक्रिय राजनीतिमा आउनुहुन्छ, विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई पनि एकीकृत गर्नुछ, त्यसका लागि भण्डारी र पुन दुवैजना आवश्यक छ,’ एक नेताले भने ।
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’निकटका पुन पछिल्लो समय राजनीतिमा सक्रिय भएका छन् । माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष वा उपमहासचिवको जिम्मेवारी दिने बताइएको छ । आगामी २१ पुसमा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै छ । सोही बैठकबाट पुनलाई जिम्मेवारी दिने बताइएको छ । पासाङ भण्डारी राष्ट्रपति रहेका बेला दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए । उपराष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएसँगै उनलाई पार्टीको जिम्मेवारीमा ल्याउन अध्यक्ष प्रचण्डले कसरत गरिरहेका थिए । यसअघिको पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाएको थियो । सो कार्यदलले पार्टी पदाधिकारीको संख्या बढाउनेगरी विधान संशोधनको मस्यौदा तयार पारेको थियो ।
त्यस्तै, सोही केन्द्रीय समिति बैठकले पूर्वउपराष्ट्रपति पासाङलाई माओवादी उपाध्यक्ष वा उपमहासचिवमा मनोनीत गर्ने प्रचण्डनिकटका एक नेताले जनाएका छन् । उपाध्यक्ष वा उपमहासचिव कुन जिम्मेवारी दिँदा राम्रो हुन्छ भन्ने ’दयगतमा आन्तरिक छलफल जारी छ । पुनलाई उपाध्यक्षको जिम्मेवारी दिने सम्भावना बढी छ ।
माओवादी केन्द्रमा अहिले एक वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ६ उपमहाचिव, ९ सचिव र एक जना कोषाध्यक्ष छन् । माओवादी स्रोतका अनुसार लुम्बिनी प्रदेशका पूर्वप्रमुख रहेका अमिक शेरचनलाई पनि पार्टीको जिम्मेवारीमा फर्काउने’दयगत कुराकानी चलेको छ । शेरचनलाई उपाध्यक्ष बनाउने’दयगत कुराकानी भए पनि सहमति जुटिसकेको छैन । माओवादीका पूर्वकोषाध्यक्ष शेरचन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै एकता प्रक्रियामा माओवादीमा आबद्ध भएका थिए । यसअघि माओवादीले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई पार्टीमा जिम्मेवारी दिइसकेको छ । सापकोटा उपाध्यक्ष र प्रवक्ताको जिम्मेवारीमा छन् ।
केन्द्रीय सदस्यसँग सम्पत्ति विवरण माग
नेकपा माओवादी केन्द्रले पार्टीका सबै केन्द्रीय सदस्यसँग सम्पत्ति विवरण माग गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही २१ पुसदेखि काठमाडौंमा सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकका लागि तयार पारिरहेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरेका हुन् । उनले नेताहरूको जीवनशैली बदलिएको प्रति आमनागरिकमा निराशा छाएको भन्दै केन्द्रीय सदस्यहरूले आम्दानी र त्यसको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्तावमा लेखेका छन् । माओवादी केन्द्रमा ४ सय ७ जना केन्द्रीय सदस्य छन् ।
अध्यक्ष प्रचण्डले आफूले तयार पारिरहेको प्रतिवेदन’दयगत बिहीबारको स्थायी कमिटी बैठकलाई जानकारी गराएका थिए । १० वर्षे सशस्त्र संघर्ष र २०६४ सालको संविधानसभा निर्वाचन अघिसम्म माओवादीका नेताहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउने गर्थे । केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न बोलाइएको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले दुईवटा प्रस्ताव राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जनाएका छन् । ती प्रस्ताव पार्टीको संगठन सुदृढीकरणसँग जोडिएका अभियानसँग सम्बन्धित रहेका छन् ।
अध्यक्ष प्रचण्डले राखेका प्रस्ताव’दयगत जानकारी दिँदै प्रवक्ता सापकोटाले भने, ‘अध्यक्षले दुईवटा अभियान चलाउनुपर्छ भन्नुभएको छ, एउटा, मदन भण्डारी लोकमार्गलाई आधारित बनाएर र अर्को हुलाकी राजमार्गलाई केन्द्रित गरी अभियान चलाउनुपर्छ ।’
अध्यक्ष प्रचण्डले कम्तीमा पनि ६ महिना जनताका बीचमा रहनेगरी अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको पनि सापकोटाले उल्लेख गरे ।
सापकोटाले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै तानाशाही शासन चलाएको आरोप लगाए । ‘यो हदसम्मको निरंकुशता, तानाशाहीकरण भएको छ कि यस्तो हर्कले पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकार त जान्छजान्छ तर देश संकटको भुमरीमा पर्दै छ ।’ राजधानी दैनिकबाट