१९ पुस २०८१, शुक्रबार | January 4, 2025

दिपायल सिलगढी–२ का वडाध्यक्ष खड्का कांग्रेस प्रवेश


December 31, 2024
7.2k
Shares

काठमाडौं,१६ पुस ।  डोटीको दिपायल सिलगढी नगरपालिका वडा न.२ का वडाध्यक्ष राजेन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

आदर्श गाउँपालिकास्थित मौवामा आयोजना गरिएको एक कार्यक्रममा खड्कालाई मंगलबार खादा र माला लगाएर कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले पार्टी प्रवेश गराएका हुन् । खड्का स्वतन्त्रबाट गत स्थानीय चुनावमा वडाध्यक्ष निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस डोटीमा १०० दिने विशेष अभियान आज समापन गरिएको छ । ४९ औं राष्ट्रिय मेलमिलाप दिवस २०८१ को अवसर पारेर डोटीमा १०० दिने अभियान कार्यक्रम पनि समापन गरिएको हो ।

आदर्श गाउँपालिकास्थित मौवामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि एंव कांग्रेस केन्द्रीय सदस्य बराल थिए भने बिशिस्ट अतिथिहरुमा केन्द्रीय सदस्य नृप वड,अतिथिहरुमा डोटी जिल्ला सभापति नरेन्द्र बहादुर सिं लगाएतका नेताहरु थिए ।

सो कार्यक्रममा एमाले निकट रहेका काम गरेका कानुन व्यवसायी कृष्ण भट्टराई,एमाले परित्याग गरी नारायण सार्की,खली बिष्ट,प्रकाश खड्का,सुरेश रोकाय,पुष्कर रोकाय,दिल बहादुर रोकाय,टेक बहादुर देउवा कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै,माओवादी केन्द्र परित्याग गरि खडक बि.क,गोपाल रोकाय,केशब वड,सोपान वड पनि कांग्रेस प्रवेश गरेको नेता बरालले जानकारी दिए ।

प्रतिक्रिया