कहाँ पुग्यो वामदेवलाई एकीकृत समाजवादीमा ल्याउने प्रयास ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमका बीचमा पार्टी एकताको ’दयगतमा ‘वान टु वान’ छलफल भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार नेपाल र गौतमका बीचमा भेटवार्ता भएको हो । पार्टी एकताका ’दयगतमा यसअघि नेपाल गौतम निवास भैंसेपाटीमा पुगेका थिए । एकीकृत समाजवादी र अभियानका बीचमा शीर्ष तहका नेता तथा वार्ता टोलीका बीचमा निरन्तर छलफल जारी रहेको छ ।
छलफलपश्चात नेता गौतमले अहिले नै एकताका सबै विषय टुंगो लागि नसकेको र छलफल जारी रहेको बताए । ‘टुंगो लागेको छैन, छलफल जारी छ, एकता कहिले हुने भन्ने’दयगतमा हामी अहिले नै टुंगोमा पुग्न सकेका छैनौं तर छलफल सकारात्मक छ, हामी फेरि पनि छलफल गर्दै टुंगो लगाउँनेछौं,’ गौतमले भने ।
गौतमका अनुसार पार्टीको विचार, सिद्धान्त, सांगठनिकलगायतका विषयमा छलफल भइरहेको छ । संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका ’दयगतमा नेपालले स्पष्ट जवाफ नदिएको उनले जनाएका छन् । अरू विषयमा धेरै कुरा मिलेको बताउँदै उनले मिल्न बाँकी रहेका विषयलाई छिट्टै टुंगो लगाउने बताए ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले दुई नेताका बीचमा पार्टी एकताका ’दयगतमा छलफल भएको बताए । ‘छलफल सकारात्मक भएको छ, पार्टी एकतालाई निष्कर्षमा पु¥याउनका लागि शीर्ष नेताका साथै वार्ता समितिका बीचमा निरन्तर छलफल जारी छ, वैचारिक, सैद्धान्तिक, सांगठनिकलगायतका विषयमा गम्भीर छलफल चलिरहेको छ, छिट्टै नै टुंगो लगाउँदै एकता हुन्छ,’ भट्टराईले भने ।
नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०बीच एकीकरण भएर गठन भएको तत्कालीन नेकपा विभाजन भएपछि गौतम कुनै दलमा नलागी स्वतन्त्र बसेका थिए । पछि उनले अभियान गठन गरी पुनः नेकपा ब्युँत्याउन खोजेका थिए । तर, त्यो प्रयास असफल भएपछि उनले एमाले प्रवेश गर्ने चाहना व्यक्त गरे ।
तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एमाले भित्र्याउन चाहेनन् । एमालेमा प्रवेश नपाएपछि गौतमले पछिल्लो समय एकीकृत समाजवादीसँग एकता गर्न खोजेका छन् । स्रोतका अनुसार एकीकृत समाजवादीले समेत गौतमलाई भित्र्याउन आनाकानी गरिरहेको छ । तर, शीर्ष नेताहरूले गौतमलाई एकीकृत समाजवादीमा तेस्रो मर्यादाक्रम दिएर ल्याउन खोजिएको बताए ।
पूर्वउपप्रधान, गृह एवं रक्षामन्त्रीसमेत भइसकेका गौतमले पटकपटक प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका छन् । अहिले राष्ट्रिय सभाका सदस्य रहेका गौतमले सार्वजनिक रूपमै संविधान संशोधन गरी राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गर्नुपर्ने भन्दै आएका थिए । नेपालले गौतमसँग छलफल गरेपछि गौतम नेतृत्वको अभियानले पार्टी एकताका लागि वार्ता समिति गठन ग¥यो ।
गौतमले अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहनेगरी वार्ता समिति गठन गरे । यता, एकीकृत समाजवादीले उपाध्यक्ष प्रमेश हमाल र स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालाई वार्ताको जिम्मेवारी दियो ।
देश दौडाहा गर्दै ओलीको भण्डाफोर अभियान गर्दै रावल
यता, एमालेबाट निष्कासनमा परेका नेता डा। भीम रावलले देश दौडाहा गर्दै केपी शर्मा ओलीको भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन् । त्यस’दयगतमा जानकारी दिने उद्देश्यले उनले भोलि ९बुधबार० पत्रकार सम्मेलन गर्दै छन् । एमालेका पूर्वउपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री भइसकेका रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यसमेत
नरहनेगरी कारबाही गरेको थियो । त्यसपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । सोमबार बिहान उनले नेपाली कांग्रेस ९बीपी०का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापतिसमेत हुन् । उनीहरूबीच रावलको टोखास्थित निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्न‘पर्ने प्रस्ताव राखेका बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि मल्ल कांग्रेस बीपीतिर लागेका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जोशी भने एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ सालको निर्वाचनमा डडेल्धुराको प्रदेशसभामा टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित भएका हुन् ।
कतिपयले एमालेले कारबाही गरेपछि रावल छिट्टै नै माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा गरेका थिए । तर, रावलले एकीकृत समाजवादीमा प्रवेश नगर्ने बताएका छन् । हालै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रावललाई एकीकृत समाजवादीमा प्रवेश गर्न सुझाव दिएका थिए । ओलीको कार्यशैलीको कडा रूपमा विरोध गर्दै आएका रावलको सुदूरपश्चिम प्रदेशमा प्रभाव रहेको बताइन्छ । राजधानी दैनिकबाट