देउवाको गृहक्षेत्रमा शेखरलाई भव्य स्वागत

काठमाडौं,५ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला यतिबेला १५औं महाधिवेशनको तयारीमा छन् । आफ्नो पक्षमा माहौल तयार गर्न कोइराला सक्रिय भएका छन् । उनी देशब्यापी दौडधुपमा छन् ।
डा.कोइराला आज सुदुरपश्चिम पुगेका छन् । उनको ३ दिनसम्म सुदुरपश्चिम बस्ने कार्यक्रम रहेको छ । सुदुरपश्चिममा उनलाई भव्य स्वागत गरिएको छ । कांग्रेसका नेता तथा कार्यकर्ताहरुले धनगढी विमानस्थलमा स्वागत गरेका हुन् ।
सुदुरपश्चिम सभापति शेरबहादुर देउवाको गृह क्षेत्र हो । देउवाको गृहक्षेत्रमा कोइरालालाई भव्य स्वागत भएपछि कांग्रेस वृत्तमा तरंग आएको छ ।