२४ पुस २०८१, बुधबार | January 8, 2025

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले जारी गरे १४ बुँदे प्रेस नोट


December 5, 2024
1.2k
Shares

प्रेस नोट

९२०८१ मङ्‌सिर २०, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ०

सञ्चारकर्मी मित्रहरू,

१। मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्रीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी मैले २०८१ मङ्‌सिर १७ देखि २० (तदनुसार सन् २०२४ डिसेम्बर २-५० सम्म चीनको ४ दिने‍ औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएको छु।

२। मेरो यस भ्रमण र प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, बेइजिङबाट जारी भएका प्रेस विज्ञप्ति एवम् भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मी मित्रहरूबाट सम्प्रेषण भएका समाचारहरूबाट यहाँहरूले जानकारी प्राप्त गर्नुभएकै छ।

३। यस भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङसँग भेट गरी दुईपक्षीय हितका विविध विषयहरूमा छलफल गरेँ। मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री  महामहिम लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता  सम्पन्न भयो। उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भयो। त्यसै गरी, चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष महामहिम श्री चाओ लुचीसँग पनि मेरो भेटघाट तथा छलफल भयो।

४। बुद्धिजीवी, प्राध्यापक, विद्यार्थी तथा प्रबुद्ध वर्गहरूको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेँ। ९उक्त सम्बोधन परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ।०

५। नेपाली राजदूतावास, बेइजिङ, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् ९ऋजष्लब ऋयगलअष् िायच एचयmयतष्यल या क्ष्लतभचलबतष्यलब ित्चबमभ( ऋऋएक्ष्त्० र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल(चीन बिजनेस फोरम ९ल्भउब(िऋजष्लब द्यगकष्लभकक ँयचगm० लाई पनि मैले सम्बोधन गरेँ। उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु।

६। बेइजिङस्थित नेपाली राजदूतावासले म र मेरो प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएँ। सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र चिनियाँ मित्रहरूसँग मेरो संवाद भयो।

७। भ्रमणका अवसरमा नेपाल र चीनबीच निम्नानुसार सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

ज्ञ। बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क ९ँचबmभधयचप ायच द्यभति बलम च्यबम ऋययउभचबतष्यल०

द्द। टोखा(छहरे सुरुङमार्ग ९त्यपजब(ऋजजबजबचभ त्गललभ०ि सम्बन्धी पत्र आदान(प्रदान ९ीभततभच या भ्हअजबलनभ०

घ। नेपाल(चीन व्यापार अभिवृद्धि ९ल्भउब(िऋजष्लब त्चबमभ एचयmयतष्यल० सम्बन्धी समझदारी पत्र

द्ध। नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान(प्रदान

छ। त्जभचmबििथ एचयअभककभम द्यगााबयि ःभबत निर्यातसम्बन्धी प्रोटोकल

ट। विकास योजना ९म्भखभयिऊभलत एबिल द्दण्द्दछ(द्दण्द्दढ० सम्बन्धी समझदारी पत्र

ठ। आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र ९ब्नचभझभलत यल भ्अयलयmष्अ बलम त्भअजलष्अब िऋययउभचबतष्यल०

ड। नगद सहयोगसम्बन्धी पत्र आदान(प्रदान ९ीभततभच या भ्हअजबलनभ यल ऋबकज ब्ककष्कतबलअभ०

ढ। स्वयंसेवी चिनियाँ भाषा शिक्षक ९ख्यगिलतभभच ऋजष्लभकभ ीबलनगबनभ त्भबअजभचक० सम्बन्धी समझदारी पत्र

ज्ञण्। नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूह ९ऋजष्लब ःभमष्ब न्चयगउ० बीच सञ्‍चार प्रविधि ९ःभमष्ब त्भअजलययिनथ० सम्बन्धी समझदारी पत्र।

यी सम्झौतारसमझदारी पत्रले नेपाल र चीनबीचको आर्थिक सहयोग र विकास साझेदारीलाई थप गति प्रदान गर्ने विश्वास लिएको छु।

८। चीन सरकारका तर्फबाट वि।सं। २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन ९करिब ने। रू। २ अर्ब ७० करोड० का अतिरिक्त राष्ट्रपति सि चिनफिङद्वारा थप अनुदान च्ःद्य ५०० मिलियन ९करिब ने।रू। ९ अर्ब ३४ करोड० घोषणा भएको छ।

९। भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति ९व्यष्लत क्तबतझभलत० जारी गरिएको छ। उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्नुका साथै नेपाल(चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको छ। ९उक्त संयुक्त विज्ञप्ति परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ।०

१०। यस पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल ९ऋयललभअतष्खष्तथ०, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौँ। यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु।

११। मेरो भ्रमण दलमा माननीय परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा, मेरा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, संघीय संसदका माननीय सदस्यहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मी मित्रहरू सहभागी हुनुभएको थियो।

१२। यस भ्रमणका क्रममा जनवादी गणतन्त्र चीन सरकारका तर्फबाट म तथा मेरो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री तथा उच्च नेतृत्व र चिनियाँ जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।

१३। यस भ्रमणका विषयमा तपाईंहरूले निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सुसूचित गर्न पुर्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।

१४। मेरो भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा हार्दिक आभार व्यक्त गर्दछु।

धन्यवाद।

प्रतिक्रिया