प्रधानमन्त्री ओली बेइजिङबाट स्वदेश प्रस्थान

बेइजिङ, २० मंसिर । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गर्नुभयो ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २।३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेकोे छ ।