२ माघ २०८१, बुधबार | January 15, 2025

ओलीको चीन भ्रमण औपचारिकतामा सिमित, बीआरआई कार्यान्वयनमा सम्झौता हुन सकेन


December 4, 2024
1.1k
Shares

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा बीआरआई सम्झौता कार्यान्वयनसम्बन्धी दस्तावेजमा हस्ताक्षर हुन सकेन । चीन भ्रमण अघि यो सम्झौता कार्यान्वयनमा हस्ताक्षर हुने चर्चा थियो । तर, त्यो हुन नसकेपछि ओलीको भ्रमण औपचारिकतामा सिमित भएको छ ।

दुवै देशको तर्फबाट संयुक्त विज्ञप्तिमा पुरानै सम्झौता अगाडि बढाउने विषयहरु उल्लेख छन् । यसबाट प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुवै सम्झौता कार्यान्वयनको पक्षमा नरहेको देखिएको छ । बाहिर एउटा कुरा बोलेपनि भित्री मनशाय फरक देखियो दुवै नेताको ।

यसैगरी, ओली चीन भ्रमणमा हुँदा अमेरिकी उच्च अधिकारी नेपाल भ्रमणमा आइपुगे । अमेरिकी उपमन्त्री डोनाल्ड लु दक्षिण एशिया भ्रमणको सिलसिलामा नेपाल आएका थिए । अमेरिका बीआरआई बढाउन नदिने रणनीतिमा देखिन्छ । लुको भूमिकाले पनि बीआरआईको मामलामा असर परेको बताइन्छ ।

प्रतिक्रिया