१९ पुस २०८१, शुक्रबार | January 3, 2025

चीनबाट फर्किएपछि आरजुको बीआरआईमा यु टर्न किन


November 30, 2024
1.5k
Shares

काठमाडौं, १५ मंसिर । चीनको बीआरआईसम्बन्धी सम्झौतामा नेपाली काँग्रेसले प्रश्न उठाउँदै आएको थियो । उसले बीआरआई ऋणमा नभई अनुदानमा मात्र लिने अडान कसेको थियो । तर, परराष्ट्रमन्त्री आरजु देउवा चीन पुगेर फर्किएपछि बीआरआईमा लचिलो भएको संकेत गरिन् ।

आरजुले स्वदेश फर्किएलगत्तै बीआरआईमा सम्झौताहरु हुने खुलासा गरिन् । उनले सन् २०१७ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भएका सम्झौताहरुकै सेरोफेरोमा सम्झौताहरु हुने बताइन् । यसको अर्थ बीआरआई सम्झौताको नवीकरण निश्चित रुपमा हुन्छ । यसको कार्यान्वयनमा पनि सम्झौता हुनसक्छ ।

ओलीको चीन भ्रमणमा बीआरआईकै विषयमा चासो चलेको छ । बीआरआईका विभिन्न विकास परियोजनाहरु पनि छन् जसमा सत्तापक्षको ठूलो स्वार्थ देखिएको छ ।

बीआरआईमा हुने कतिपय विकास परियोजनामा नेकपा एमालेको ठूलो स्वार्थ देखिएको छ । माओवादीले पनि आफ्नो स्वार्थका विकास परियोजना बढाउन परियोजना पारेको छ । काँग्रेसको पनि त्यस्तै स्वार्थ छ ।

बीआरआई सम्झौता कार्यान्वयन भएको छैन । तर, चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्र्तगत भनिसकेको छ ।

बीआरआई चीनको ऋणसम्बन्धी आर्थिक सहयोग हो । नेपालले भने अनुदानमा लिन सकिने अडान लिएको छ । अमेरिकाको एमसीसी पनि अनुदान हो ।

प्रतिक्रिया