११ पुस २०८१, बिहिबार | December 27, 2024

चीनको बैंकसँग १७ करोड डलर ऋण सम्झौतापछि मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु


November 24, 2024
166
Shares

काठमाडौं,९ मंसिर । चीनको एक्जिम बैंकसँग ऋण सम्झौतामा हस्ताक्षर भएपछि बहुप्रतीक्षित मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु भएको छ । २०७८ सालको असारमा लगानी बोर्डले वैदेशिक लगानीका लागि स्वीकृति दिए पनि ऋण सम्झौतामा ढिलाइ हुँदा अन्योल छाएको थियो ।

१३५ मेगावाटको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु

चीनको एक्जिम बैंक र मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाबीच ऋण सम्झौतासँगै आर्थिक व्यवस्थापन भएपछि निर्माण सुरु भएको हो । मनाङ–मस्र्याङ्दी जलविद्युत् कम्पनीमा नेपालको बुटवल पावर कम्पनीका साथमा चिनियाँ लगानीकर्ता एससीआईजी इन्टरनेसनल, सिन्चेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी र क्यूवाईसी इन्टरनेसनल कम्पनीको संयुक्त लगानी छ ।

आयोजनाको वित्तीय व्यवस्थापनको काम सकिएसँगै निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर छ भने आयोजनाका लागि चीनको एक्जिम बैंकले १७ करोड ५२ लाख ५० हजार डलर कर्जा दिने भएको छ । आयोजना निर्माणका लागि बाँकी १५ करोड डलरको व्यवस्था विभिन्न लगानीकर्ता र ऋणबाट व्यवस्थापन गरेको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाले जनाएको छ ।

कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको लगानी र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले आयोजनास्थल आसपासका स्थानीयलाई प्रचलित कानुनको अधीनमा रही सेयर उपलब्ध गराउने योजनासमेत बनाएको छ ।

साढे ३ वर्षमा निर्माण कार्य सकाउने लक्ष्य लिएको अर्धजलाशययुक्त आयोजनाको रूपमा रहेको सो आयोजना मनाङको चामे र नासोङ गाउँपालिकामा रहेको छ ।

जलविद्युत् आयोजनाका अनुसार बाँध चामे गाउँपालिका–३ कोतोमा र विद्युत्गृह नासोङ गाउँपालिका–९ मा बनाइनेछ । आयोजना निर्माण सकिएपछि वार्षिक ७६६ गिगावाट ९जीडब्लूएच० विद्युत् उत्पादन हुनेछ ।

आयोजनाले स्वदेशी तथा विदेशी कम्पनीको संयुक्त सेयर लगानीमा यस्ता तीनवटा जलविद्युत् आयोजना बनाउनेछ । मस्र्याङ्दी नदीमा क्यास्केड अवधारणामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामध्ये यो आयोजना पहिलो आयोजना रहेको बताइएको छ ।

आयोजनाका अनुसार मनाङ र लमजुङमा अवस्थित अन्य दुई आयोजनामा १३९।२ मेगावाट क्षमताको लोअर मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना रहेका छन् ।

नेपाली र चिनियाँको संयुक्त लगानीमा निर्माण हुने तीनवटै आयोजनाको कुल जडित क्षमता ६०१।२ मेगावाट र कुल लागत १ अर्ब २० करोड अमेरिकी डलर रहनेछ ।

तीनवटा जलविद्युत् परियोजनाहरू एउटै लगानीकर्ताहरूद्वारा क्यास्केड मोडालिटीमा विकास भइरहेको जनाइएको छ ।

तीन वर्षअघि लगानी बोर्डले स्वीकृति प्रदान गर्दा तल्लो मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गर्न ३३ अर्ब ४१ करोड नेपाली रुपैयाँ ९२८ करोड अमेरिकी डलर० लगानीको प्रस्ताव स्वीकृत गरेको थियो ।

सो आयोजनामा बुटवल पावर कम्पनीको २२।४० प्रतिशत, एससीआईजी इन्टरनेसनलको ४९।४७ प्रतिशत, छिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनीको १६।४९ प्रतिशत र क्यूवाईसी इन्टरनेसनल कम्पनीको ११।६४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सो आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता २०७७ चैत ९ गते भइसकेको छ । यसअघि आयोजनाले सन् २०२५ को मार्चभित्र विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य थियो । तर, आर्थिक व्यवस्थापन नहुँदा आयोजना निर्माण सम्पन्न हुन अझै ४ वर्ष लाग्नेछ ।

भारतले नेपालमा चिनियाँ कम्पनी सामेल भएका जलविद्युत् आयोजनाको बिजुली किन्न अस्वीकार गरेको र बंगलादेशमा पनि भारतीय लगानीकै विद्युत् मात्रै पठाइने भनेर भारतले जिद्दी गरिरहेको बेला मनाङ–मस्र्याङ्दीमा ठूलो रकम चिनियाँ लगानी आउनुले ठूलै भूराजनीतिक अर्थ बोकेको जानकारहरू बताउँछन् ।

नेपाल सरकारको स्वामित्वमा भएको विद्युत् प्राधिकरणको ५१ प्रतिशत लगानी रहेको माथिल्लो तामाकोसीबाट उत्पादित् विद्युत् भारतले किन्न मानिरहेको छैन । तामाकोसीको सिभिल संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएककै कारण भारतले सरकारी स्वामित्वको आयोजनाकै बिजुली किन्न अस्वीकार गरेको थियो । यस्तो बेलामा चिनियाँ लगानीकर्ताले मस्र्याङ्दी करिडोरमा ६०१ मेगावाटका आयोजनामा लगानी गरेको छ ।

निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९ईपीसी० मोडलमा निर्माण भइरहेको सो आयोजनामा चिनियाँहरू आफंैले निर्माण गर्नेछ भने नेपाली पक्षले कुनै पनि हस्तक्षेप गर्न नपाइने प्रावधान रहेको छ ।

आयोजनाको निर्माणकार्य ईपीसी ठेक्का मोडलमा सिनो हाइड्रोले गरिरहेको छ भने आयोजनाको निर्माण कार्य निर्धारित कार्ययोजनाअनुरूप तोकिएको समय ४२ महिनाभित्रै सम्पन्न गर्ने योजना रहेको बताइएको छ ।

चिलिमेका तीन जलविद्युत् आयोजनाको १६८ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । तीनवटा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाहरूबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०–१३२–३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

१४।८ मेगावाटको माथिल्लो साञ्जेन, ४२।५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ । ४२।५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुनेछ । दुवै आयोजनाहरूबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाहरूबाट हिउँद याममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ ।

चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसीबाहेक तीनवटा आयोजनाहरू सम्पन्न भएका हुन् ।

सबै आयोजनाहरू २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवम् बाढिपहिरोले पु¥याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेस आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी,पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९ को महामारी, कोभिड–१९ पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए । यसले गर्दा आयोजनाहरूको निर्माण प्रभावित भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरू निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए । ‘म चिलिमे कम्पनीको प्रबन्ध–सञ्चालक भएका बेला आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाहरूको निर्माण अगाडि बढाइएको थियो, मुख्य रूपमा काबुबाहिरको परिस्थितिका कारण आयोजनाहरूको निर्माणमा केही समय लागे तापनि अब तीनवटा आयोजनाहरूको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरूले हिउँद याममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’, कार्यकारी निर्देशक घिसिङले भने ।

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ । माथिल्लो साञ्जेन र साञ्जेन गरी दुवै आयोजनाहरूको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो । आयोजनाको प्रवद्र्धक साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए । सीईओ सिंहले लागत अनुमानबमोजिम दुवै आयोजनाहरूको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे । चिलिमेका चारवटै आयोजनाहरूमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो ।

कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९।३६ प्रतिशत, प्राधिकरणको १०।३६ प्रतिशत, रसुवाका स्थानीय तहको १।२८ प्रतिशत संस्थापक सेयर छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरू ९प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह¬० का कर्मचारीहरू तथा ऋणदाता संस्था ९कर्मचारी सञ्चय कोष० का कर्मचारीहरू, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ ।

माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रूपमा १ अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई विद्युत्को बढी माग हुने साँझको समय ९पिक० दिउँसोको पानीजम्मा गरी ७० ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ । सो पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत् उत्पादन गरी हिउँद यामका साँझको समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलित बनाउन योगदान पुग्ने सीईओ सिंहले बताए । राजधानी दैनिक

प्रतिक्रिया