११ पुस २०८१, बिहिबार | December 26, 2024

जब भारतीय सेना प्रमुख द्विवेदीले गोर्खा सैनिकको साहसलाई सलाम गरे


November 23, 2024
4.2k
Shares

काठमाडौं, ८ मंसिर । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी पोखरा पुगेर वीरता पुरस्कार विजेताहरुलाई सम्मान गरेका छन् । शनिबार पोखरामा उनले पेन्सन भुक्तानी कार्यालयको फराकिलो चउरमा भेला भएका नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकको ठूलो र्‍यालीलाई सम्बोधन गरे ।

उक्त समारोहमा उपस्थित वीरता पुरस्कार विजेता एवम् वीर नारीलाई सम्मान गर्दै जनरल उपेन्द्र द्विवेदी र भारतीय सेना पत्नी कल्याण संघकी अध्यक्ष सुनीता द्विवेदीले कुराकानी गरे ।

भारतीय सेना प्रमुखले गोर्खा सैनिकहरुको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति समर्पित सेवालाई सलाम गरे। जनरल उपेन्द्र द्विवेदी पछि पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरी पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र त्यहाँका स्टाफ अफिसरहरुसँग अन्तरक्रिया गरे ।

जनरल द्विवेदीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन । उनले प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गरेका छन् ।

प्रतिक्रिया