७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

रास्वपालक्षित ओली : आफैँ सरकारी ठगी गर्ने अरूलाई दोष लगाउने


November 22, 2024
830
Shares

काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गर्नुुभएको छ । नेकपा (एमाले) का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताउनुुभएको हो ।

आफूहरु विरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने जनाउँदै उहाँले कागले कान लग्यो भन्दैमा कागका पछि पछि आकाशतर्फ हेरेर कागका पछि पछि दौडन आवश्यक नरहेको बताउनुुभयो ।  “आफैँ सरकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारको ठगी सैह्य हुँदैन । नेपाली जनता आफ्नो अश संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूूरा गर्न अघि बढ्नेछ । नेपाली जनता भ्रममा पर्दैननन् ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरुले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिरहेका छन् । यसमा हामी सचेत रहनुुपर्छ । हाम्रा लागि देश र जनता प्रमुख कुरा हो । त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुुपर्छ ।’’

प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनेकाहरूले आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट गदै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो ।

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबिच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरत्साहित गर्न लाग्ने बताउनुुभयो ।

बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेहरुले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उहाँले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर विजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया