९ पुस २०८१, मंगलबार | December 25, 2024

कम्बोडियामा किन गए ओलीका विश्वासपात्र राजन भट्टराई


November 21, 2024
2.1k
Shares

काठमाडौं, ६ मंसिर । देशमा यतिबेला चर्चामा छ कम्बोडिया । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमबोडियाको टेलिकम्युनिकेशनमा दशौं अर्ब लगानी गरेको भन्दै एउटा कागजपत्र सार्वजनिक गरेपछि दुर्गा प्रसाई हिरासतमा छन् । प्रहरीले उक्त कागजपत्र नक्कली भनिसकेको छ । तर, नागरिकको ठूलो हिस्सा प्रसाईको कागजपत्रलाई पत्याइरहेका छन् ।

प्रसाईं ७ मंसिरमा विरोध कार्यक्रम गर्ने योजनामा थिए । यसलाई असर पार्ने गरी एमालेले पनि काठमाडौं केन्द्रित शक्ति प्रदर्शन राखेको छ । त्यसमा ओलीका विश्वासपात्र राजन भट्राईले जिम्मेवारी पाएका थिए । तर, उनी कम्बोडिया उडेका छन् । उनी कम्बोडिया निस्किएपछि तरंग नै आएको छ । सभामुख देवराज घिमिरे पनि कम्बोडिया नै प्रस्थान गरिसकेका छन् ।

राजन भट्टराई एशियाली राजनीतिक दलहरुको संगठन आइक्यापमा सहभागी हुन उडेका हुन् । उनीसँग काँग्रेस नेता सुजाता कोइराला, राप्रपा नेता उद्धव पौडेल, परिवार दलका एकनाथ ढकाललगायत पनि कम्बोडिया पुगेका छन् । कम्बोडियाको विषय उठेपछि भट्टराईले धमाधम तस्बिर सार्वजनिक गरिरहेका छन् । तर, उनको फेसबुक पेजमा आलोचनात्मक सन्देश र टिप्पणीहरु देखिएको छ ।

त्यसो त कम्बोडियामा ओलीको लगानीबारे ४ वर्षअघि फ्रान्सका नामी खोजपत्रकार रोनाल्ड ज्याकार्डले रिपोर्ट सार्वजनिक गरेका हुन् । त्यसबारे एमाले र त्यसका अध्यक्ष केपी ओलीले कुनै कानूनी कदम चालेका छैनन् ।

प्रतिक्रिया