६ पुस २०८१, शनिबार | December 21, 2024

रवि लामिछाने र बथानको भेंडा


November 15, 2024
6.7k
Shares

हेमशंकर गिरीः मेरो भौमानले जान्नेलाई छान्ने नारा दिएर जनताले छानेपछि २०७९ पौष १० गते बा को बार्दलीमा हाजिर जनाउनासाथ उनै बा बाट उपप्रधान तथा गृहमन्त्रीको पद बक्सिस भयो । म त्यसभन्दा पहिला भौमानको भेंडा नभएपनि पदभार सम्हालेको देख्नासाथ मपनि खुशी नै भएको थिए अब जान्ने भौमानजिले केही गरि पो हाल्छन कि साथै यो मुुलुक बिगार्ने यी नयाँहरु भौमानहरु होईनन भन्ने लाग्यो । तर जान्नेले पद सम्हालेको हप्ता दिन नबित्दै राष्ट्रलाई १६ अर्ब ऋण बोकाउने गरि राष्ट्रिय परिचय पत्रको ठेक्का पो बिदेशीलाई दिईहाले तरपनि म भेंडोले पत्तो पाईन । यो बारेमा म संलग्न परिषदका अध्यक्षले चिन्ता ब्यक्त गर्दै त्यसको बारेमा राम्ररी खोजी गरि सत्यतथ्य उजागर गर्नुपर्यो भन्दै हुनुहुन्थ्यो तर म त्यति गहिराइमा गइन किन कि त्यतिबेलासम्म म नजानिदो ढंगले भौमानको भेंडा भईसकेको रहेछु । यसैबिचमा एउटा कलौटे दुश्मन निक्लेर दोहोरो नागरिकतामा मुद्दा हाल्दा मैले युटुब र फेसबुकमा ती कलौटेलाई भ्या भ्या गरि गाली मात्र गरिन सायद त्यतिवेला फेला परेको भए एकमिटर पछाडि हटि स्पिट लिएर दुबै सिङले आगोको झिल्का निक्लनेगरी हान्ने थिएं होला । ती देशभक्त कलौटेको मुद्दाको कारण अदालतबाट दुबै पद खारेज भएपछि सडकतिर अदालतप्रति बेस्सरी भ्या भ्या गर्दै असन्तुष्टि पोखें ।

जान्नेको पद यसरी खुस्केपछि नजान्ने नारायणकाजी गृहमन्त्री भएर पदभार सम्हाल्नासाथ जान्ने भौमानलाई उछिन्दै गृह मन्त्रालयले तिनदशकदेखि सुराकीको नाममा मासिक रुपमा बितरण गर्दै आएको लाखौं लाख रकम पो खारेज गरिदिए त्यसतै त्यो परिचय पत्रको ठेक्कापनि रद्ध गरि दिए । जनताले तिरेको कर बचाई दिएपछि ती नजान्नेले पो जनताबाट स्याबासी पाए ! चितवनमा उपनिर्बाचन हुंदा सामाजिक सञ्जाल र युटुब मार्फत भ्या भ्या गर्दै भोट नै मागी दिएं र चितवनका जनताले पहिलाको भन्दा बढि मत दिने कुरा युटुबमा आफ्नै भाषामा कराएं भौमान ज्यु भारी मतले जितेरपनि आउनु भयो । फेरि २०८० फागुन १९ गते पुनस् बा कै बादर्लीमा गई बा मलाई त्यही केटी चाहिन्छ भनेपछि बा बाट फेरि गृह नै बक्सिस भयो । त्यसपछि भने दुईजना बा एउटा सुप्रिमो बा अर्का बालकोटे बा हरुको आदेशको पालना गर्न भ्याईनभ्याई भयो भौमानलाई । जान्ने भौमानले बा को आदेश पालानाकै क्रममा हामी जस्ता अभियन्ताले राष्ट्र राष्ट्रियताको चिन्ता र भ्रष्टाचारको बिरोध गर्दा पक्राउ गर्नेगरी कानुन बनाउने मस्यौदा पो तयार पारे । यसपछि भने म भेंडाको आँखा थोरै खुल्न सुरु भयो र यो बिषय लगायत राष्ट्रिय परिचयपत्रको बारेमा भौमानको दर्शनमा गएर दुखेसो पोख्ने ईच्छा भयो र दर्शन गर्न खोज्दा भौमानका सेनामेनाले ढोकाबाटै म भेंडालाई धपाएपछि यसो युटुबतिरबाट त्यो मस्यौदा बारे असन्तुष्टि पोख्दै भ्यां भ्यां गर्नु सिबाय अर्को उपाय केही भएन !

भौमानले भ्रष्टाचारीको निकै बिरोध गरेपछि भ्रष्टाचारबिरुद्ध दर्जनौ मुद्दाहरु दर्ता गरिसकेको म आबद्ध अभियानलाई झनै शाहस बढ्न गयो र भ्रष्टचारीलाई कारबाही गर्ने मौका यही हो भनिठानेर मिति २०८१-१-१६ गते भ्रष्टाचारीहरुको बिरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिन जांदा भौमानकै आदेशमा जाहेरी दर्ता भएन । जान्ने भौमानले म जस्ता भेंडाको भ्या भ्या लाई के सुन्थे र तरपनि बुढानिलकण्ठेश्वर ठुल्दादाईकि राष्ट्रिय ठुली भाउजु,मटनकाजी साहेब ठकुरी माल्दाईको बुढाबुढी दुबैलाई फायल खोलौ फायल खोलौं भन्दै थिए तर त्यो फायलचाहि नजान्ने गोर्खे काजीले यसअघिनै खोलिसकेका थिए । यसैबिचमा रोशनी ठकुरानी साहेबले मुद्दा हालेर दारा नङ्ग्रा झिकिएको सुनकाजी साहेबलाई एकदिन समाउने नाटक मात्र के भएको थियो हाम्रा भौमानका दिब्यदृष्टिले राज्यको करुणा पो देख्न पुगेछ १ भौमानले के के गर्लान भनेर प्रतीक्षा गर्दै जांदा कहिले राष्ट्र राष्ट्रियता,धर्मसंस्कृति र नागरिक बचाउन हिंडेका अभियन्ता दुर्गा प्रसाईंको लाईसेन्स प्राप्त हतियार पो खोस्न पुग्छन त कहिले आफ्नै भक्त डा।अभियन्तालाई लागु औषधमा फसाएर झेल हाल्न खोज्छन ।

म भेंडाको आँखा खुलेपछि भौमानहरुको फेरि यी पुराना कुराहरुपनि सम्झना आयो निर्बाचनमा भाग लिने बेलामा प्रदेशमा उम्मेद्वार दिनको लागि प्रकृया पुराउन नसकेपछि भौमान दलले प्रदेश मान्दैन भन्ने नारा दिएर देशभक्तहरुलाई झुक्याई भोट लिन सफल भएको तर भर्खरै राष्ट्रिय सम्मेलनबाट प्रदेश स्वीकारेको । २१ सिट जितेर संसदमा गएपछि जनतासंग गरेको प्रतिबद्धता अनुसार मुलुकलाई सुशासन को बाटोमा लैजाने र देश बचाउने स्पष्ट खाकाहरु संसदमा संकल्प को रुपमा कानुन बनाउनको लागि प्रस्ताब दर्ता गर्न नसकेको साथै भ्रष्टाचारी भन्ने हल्ला मात्र गर्ने तर कुनैपनि भ्रष्टाचारीबिरुद्ध मुद्दा नहालेको । संसदमा भौमान स्वयमले हामीले यो ब्यवस्था ल्याउन योगदान दिन नपाएपनि अब जोगाउनको लागि बलिदान दिन तयार छौं भनेर प्रचण्ड,बाबुराम,केपिओलि,माकुने र देउवाहरुकै लाईन समातेको । अर्का उप भौमानले देशको राष्ट्रिय सेना घटाई संघियता टिकाउने रणनिति बनाई छलफलमा ल्याउने प्रयास गरेको साथै हिन्दु धर्म संस्कृति र राजाको पक्षमा कुरा गर्नेहरु यो राश्वपामा नआएपनि हुन्छ भनेको ।

देशघाती राष्ट्रिय परिचय पत्र अनिबार्य गराउन असार १० गते गजेट निकाली नागरिकता खारेज गरेको तर अदालतले पुनस् स्थापित गरिदिएको । मुनरो डक्ट्रिन अनुसार दक्षिण एशियाको राइजिङ पावर भारत हो स्वीकारेर भूटानी मोडलमा जान तयार हुनु पर्छ भनेर उप भौमानको मुखराबिन्दबाट आएको अभिव्यक्तिलाई भौमान दलले विरोध नगरेर स्वीकार गरेको । प्रचण्डले पौष १९ गते भारतसँग गरेको विद्युत सम्झौता र भारतीय दुताबासले आफुखुशी र चाहेको स्थान छनौट गरी प्रत्येक आयोजनामा २० करोड लगानी गर्ने सम्झौताहरु जनताले हेर्न पाउनेगरी सार्बजनिक गराउन माग गर्न नसकेको यसैगरी भौमान टिमबाटै नेपाललाई कोष्टारिका मोडलमा लानु पर्छ भन्ने अभिब्यक्ती समेत संसदमै सुनियो । भौमानको पुर्ब प्रतिबद्धता अनुसार न त निर्मला पन्तको हत्यारा समातियो न त शालिकराम पुडासैनी र निर्मला कुर्मीको हत्यारा नै समातियो ! यिनैकारण म भेंडाको आँखा छर्लङ्ग भएर अहिले बथानबाट निक्लेर यिनै कुराहरु उप्काउंदा बधानमै रहेका पुर्ब सहकर्मीहरुबाट ज्यान लिने धम्की समेत आउन थालेको छ ।

प्रतिक्रिया