६ माघ २०८२, मंगलबार | January 21, 2026

एमालेले लिएको जग्गादान भाटभटेनीको नाममा पास,आजै सर्वोच्चमा सनुवाई


November 11, 2024
498
Shares

काठमाडौं,२६ कात्तिक । नेकपा एमालेले जग्गादान लिएको विवाद सर्वोच्च अदालतमा सुनुवाइ नहुँदै त्यो जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ । अर्कै व्यवसायीको नाममा रहेको सो जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको हो ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका संञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान घाृेषणा गरेको एक महिनामा मात्र आफ्नो नाममा ल्याएका हुन् ।  उक्त जग्गा कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो

भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाएर दायर गरेको रिटमा कात्तिक १२ गते अन्तरिम आदेश जारी गरेको थियो । आज सोही अन्तरिम आदेशले निरन्तरता पाउने की नपाउने भन्ने तय गर्न दुवै पक्षलाई बोलाएको छ । आजका लागि तोकिएको सुनुवाइ न्यायाधीश डा.नहकुल सुवेदी र नवनियुक्त न्यायाधिस नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।

 

प्रतिक्रिया