पूर्वमन्त्री अधिकारीमाथि मानव तस्करीको कसुरमा अनुसन्धान
काठमाडौं,२६ कात्तिक । जापानको विमानस्थलस्थित अध्यागमन कार्यालयले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित चार जना नेपाली नागरिकलार्ई डिपोर्ट गरिदिएको घटनालाई प्रहरीले बल्ल मानव तस्करीको कसुरमा अनुसन्धान थालेको छ ।
सरकारी लिखत किर्तेको कसुरमा मात्र अनुसन्धान गरिरहेको प्रहरीले अधिकारीलाई पक्राउ गरेसँगै मानव तस्करीको कसुरमा अनुसन्धान थालेको हो ।
जापानबाट डिपोर्ट भएपछि मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई आइतबार दिउँसो मात्र विराटनगरस्थित निवासबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । उनीसँगै जापान गएका तीन जना र अन्य तीन जना पक्राउ परे पनि एमाले प्रदेश सांसदसमेत रहेका निवर्तमान मन्त्री अधिकारीलाई पक्राउ नगरेको भन्दै सरकार र प्रहरीको चर्को आलोचना हुँदै आएको थियो । उनलाई पक्राउ गरी अनुसन्धान नगरेको भन्दै उनीआबद्ध दल एमाले र सत्तारूढ दल नेपाली कांग्रेसको पनि आलोचना हुँदै आएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीले पूर्वमन्त्री अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ विपरीतको कसुर र लिखत किर्तेमा अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको बताए ।
यस प्रकरणमा पहिल्यै ६ जना पक्राउ परिसकेकाले अरू अभियुक्तसँगै म्याद मिलान हुनेगरी अदालतबाट आइतबार दुई दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको एसपी अधिकारीले बताए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले हिरासतमा राख्न दुई दिनको म्याद दिएको हो ।
अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ को दफा ४ को उपदफा ९२० अनुसारको अभियोग लगाइएको छ । यसमा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै गैरकानुनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासीलाई नक्कली वा झुठा कागजात बनाई वा झुक्याई व
