१२ पुस २०८१, शुक्रबार | December 27, 2024

युक्रेनले क्रिमिया फिर्ता नपाउने


November 10, 2024
913
Shares

एजेन्सी, २५ कात्तिक । अमेरिका नेतृत्वको सैन्य संगठन नाटोमा जोडिन खोज्दा युक्रेनले ठूलो मूल्य चुकाएको छ । उसले रुससँग गुमाएको भूभाग फिर्ता नपाउने निश्चित प्रायः भएको छ ।

अमेरिकाले साथ दिइरहेको युक्रेनलाई अब त्यो साथ नमिल्ने देखिएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि शान्तिको नयाँ योजना सारिएको छ । जसमा क्रिमिया फिर्ता गर्ने विषय छैन । ट्रम्प निकट ब्रायन लान्जाले क्रिमिया युक्रेनबाट फुत्किएको अभिव्यक्ति दिएका छन् ।

अमेरिकाले रुससँगको शान्ति योजनामा भूभाग फिर्ताको विषयमा भन्दा युक्रेनले २० वर्ष नाटोमा आवद्ध नहुने प्रतिविद्धता देखि १२ सय किलोमिटर क्षेत्र गैरसैनिक बनाउने खाका तयार गरेको छ । यसकारण पनि युक्रेनले ठूलो भूभाग गुमाउने निश्चित भएको छ ।

पूर्व सोभियत राज्य युक्रेनले युद्धमा ठूलो मूल्य चुकाएको छ । उसले आफ्नो सैनिक शक्ति पनि गुमाइसकेको छ । कुनैबेला आणविक हतियार भएको युक्रेन अब कमजोर बनेको छ ।

प्रतिक्रिया