१० माघ २०८१, बिहिबार | January 23, 2025

एसपी र इन्सपेक्टर मुछ्रिएको ‘हनी ट्र्याप’को अनुसन्धान अब सीआईबीले गर्ने


November 8, 2024
913
Shares

काठमाडौं । एक जना व्यापारीलाई बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरीसहितको मिलेमतोमा ३० लाख रुपैयाँ असुली गरेको घटनाको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले गर्ने भएको छ ।

ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक ९इन्सपेक्टर० बिनुकुमारी शाही जोडिएको ‘हनी ट्र्याप’ प्रकरणमा नेपाल प्रहरीका एसपी कमल थापा पनि जोडिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको छ । सीआईबीले मंगलबारदेखि नै यस विषयमा अनुसन्धान थालिसकेको छ ।

प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीको अनुसन्धान फाइल सीआईबीमा बुझाइयो

गम्भीर प्रकृतिको घटनाको अनुसन्धान गर्दै आएको सीआईबीले हनी ट्र्याप’दयगतको घटना अनुसन्धान गर्न लागेको यो पहिलोपटक हो ।

सीआईबीका प्रमुख एआईजी दीपक थापाले यस प्रकरणको ‘नेक्सस’ विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि नै सीआईबीका तर्फबाट अनुसन्धान थालिएको बताए । यस घटनामा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल झिकाएर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान हुनेछ,’ सीआईबीका प्रमुख एआईजी थापाले भने ।

सीआईबीका एसपी होबिन्द्र बोगटीले यो घटना अनुसन्धान गर्न एक टोली बनाइएको र टोलीले काम थालिसकेको जानकारी दिए । प्रहरी प्रधान कार्यालयले गरेको जाँचमा पनि केही नयाँ तथ्य खुलेको र ती सबै विषयमाथि जाँच थालिएको ब्युरोका अधिकृतहरूको भनाइ छ ।

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको यस प्रकरणमा अहिले चार जना प्रहरीको हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हबलदार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । ललितपुर प्रहरीले एक महिनाभन्दा बढी समय लगाएर उनीहरूमाथि अनुसन्धान गरिसकेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्ति र मिसिल बुधबार सीआईबीलाई पठाएको बताए । ‘संगठित अपराधको कसुरमा हामीले पनि अनुसन्धान गरिरहेका थियौं तर यसमा सिनियर अफिसरको पनि संलग्नता र अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले हामीले सीआईबी पठाएका हौं,’ ललितपुर प्रहरी प्रमुख एसएसपी खनालले भने ।

इन्सपेक्टर शाही मुछिएको ‘हनी ट्र्याप प्रकरण’मा एसपी थापा पनि मुछिएपछि उनलाई यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको यस प्रकरणमा नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई दसैं बिदालगत्तै फिर्ता बोलाएको हो ।

प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरेको थियो । सो शाखाले पनि आफ्नो फाइल सीआईबीलाई बुझाएको हो ।

यस घटना’दयगत छानबिन गर्न जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी नायब उपरीक्षक ९डीएसपी० नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी थापामाथि पनि अनुसन्धान गर्न सुझाव दिएको थियो ।

हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार स्लाम र एसपी थापाबीच ७ असोजमा एकपटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र स्लामबीच भेटघाट भएको सीसीटिभी फुटेजसमेत समितिले फेला पारेको थियो । उनीहरूबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेस्टुरेन्टमा ७ असोज साँझ साढे ६ बजे भेट भएको थियो । त्यहाँ उनीहरूबीच करिब आधा घण्टा भेटघाट भएको फुटेजसमेत समितिले प्राप्त गरेको थियो ।

सुनसरीमा एसपी हुँदादेखि नै थापासँग स्लामको सम्बन्ध राम्रो थियो । त्यस्तै, एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला प्रहरी निरीक्षक शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् । त्यसैले पनि एसपी थापामार्फत नै ‘विश्वासिलो’ ठाउँको खोजी गर्दै स्लामको समूह शाही नेतृत्वको भैंसेपाटी प्रहरी प्रभाग पुगेको थियो ।

प्रहरी निरीक्षक शाही कार्यरत भैंसेपाटी प्रहरी प्रभागमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुनु शंकास्पद रहेको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ । सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरू भैंसेपाटी पुगेको प्रहरीको भनाइ छ ।

सो समितिले प्रहरी निरीक्षक शाहीलाई निलम्बन गर्न सिफारिस गरेपछि शाही निलम्बनमा परिसकेकी छन् । निलम्बनपश्चात पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरीक्षक शाही ‘फरार’ छिन् ।

पक्राउ परेका सहायक हबलदार हमालबाहेक अन्य तीन जनाले यसअघि इन्सपेक्टर शाहीसँग चिनजान नभएको बताएका छन् । हिरासतमा रहेका स्लाम र फरार रहेका इटहरीका दर्शन पोखरेलले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् । ती व्यवसायीसँगको सम्बन्ध’दयगत थाहा पाएपछि उनीहरूले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ ।

हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र स्लाम हनी ट्र्यापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ । व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँ माग भएको थियो । पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको थियो । जसअनुसार १३ लाख र ७ लाख रुपैयाँ गरेर दुईपटकमा भीमादेवीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो । यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ ।

यस समूहले इटहरीदेखि काठमाडौंसम्मका व्यवसायीलाई हनी ट्र्यापमा पारेको प्रहरीको आशंका छ । व्यवसायीलाई हनी ट्र्यापमा पार्न युवतीलाई अनेक माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने र रकम नदिए बलात्कारको उजुरी हाल्न लगाउने यस समूहको धन्दा नै भएको प्रहरीको भनाइ छ ।

एक वर्षअघि दरबारमार्गको बलात्कार घटनामा पनि हाल पक्राउ परेका स्लामकै भूमिका रहेको हुनसक्ने आशंका गरिएको छ । सीआईबीले दरबारमार्ग बलात्कार घटना’दयगत समेत अनुसन्धान थालेको छ । राजधानी दैनिक

प्रतिक्रिया