स्पेनको राजारानीविरुद्ध हत्यारा भन्दै नारावाजी, जनताले माटोले हाने

एजेन्सी, १८ कात्तिक । स्पेनका राजारानी आइतबार बाढीप्रभावित भ्लालेन्सिया पुगे । त्यहाँ उनीहरुविरुद्ध स्थानीय आक्रोशत हुँदै माटोले हान्न थाले । राजा फिलिप र रानी लेटिजियालाई हत्यारा भन्दै नारावाजी गर्न थाले ।
दुवैजना नारावाजी सुन्दै र माटोको प्रहार सहँदै पाइपोरटा शहरको बाढीप्रभावित क्षेत्रमा हिडिरहे । उनीहरुमा संयमता देखिन्थ्यो । राजारानीको अनुहार र कपडामा माटो लागेको थियो । पछि आक्रोशित जनतालाई थमथमाउँदै र सम्झाउँदै गरेको देखिए ।
स्पेनको भ्यालेन्सियामा २०० भन्दा बढीको मृत्यु भएको थियो गत हप्ता । यो दुई दशकपछि सबैभन्दा ठूलो क्षति हुनेगरी आएको बाढी थियो । बाढीबारे पूर्व जानकारी नदिएको र पर्याप्त सहयोग नभएको भन्दै पीडितहरु असन्तुष्ट छन् ।