१० कार्तिक २०८१, शनिबार | October 26, 2024

माओवादीको आज जनप्रदर्शन र खबरदारी सभा


October 26, 2024
581
Shares

काठमाडौं,१० कात्तिक । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज जन प्रदर्शन र खबरदारी गर्ने भएको छ । पार्टीले आज केपी ओली शर्मा नेतृत्वको सरकारको गलत कदमको विरोध र गर्नु पर्ने काम लागि ध्यानाकर्षण गराउन खबरदारी सभाको आयोजना गर्न लागेको हो ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

प्रतिक्रिया