६ कार्तिक २०८१, मंगलबार | October 23, 2024

धनराज पत्नी ज्योती अमेरिकाको ग्रेटन क्यासिनोबाट निष्काशित


October 22, 2024
1.5k
Shares

काठमाडौं, ६ कात्तिक । सहकारी ठगीमा मुछिएका नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङ यतिबेला अमेरिकामा छिन् । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा मुछिएकी उनी फरार भई अमेरिका पुगेर विभिन्न चाल चाल्दै आएकी छिन् । क्यासिनोमा काम गरेर भविष्यमा आफ्नै व्यवसाय चलाउने योजनामा बढेकी उनी त्यहाँबाट ५ कात्तिकमा निष्काशित भएकी छिन् ।

करिब २५,००० वटा स्लट वा पोकिज भएको ग्रेटन क्यासिनोबाट उनी निष्काशित भएकी हुन् । नेपालमा सहकारी ठगी सम्बन्धी खबर नेपाली पेनले तथ्यसहित प्रकाशित गरेपछि उनी निष्काशित भएको बुझिएको छ ।

ज्योतिलाई क्यासिनोको सेक्युनिटी लगाएर निकालिएको र अब आइन्दा नआउन भनिएको खबर प्राप्त भएको छ ।

ज्योती भविष्यमा आफ्नै रिसोर्टको व्यवस्थापन जिम्मा लिन अनुभवको लागि क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित ग्रेटन रिसोर्ट एण्ड क्यासिनोमा काम गर्न थालेको ९ महिनाजति भएको थियो । धेरैजना नेपाली काम गर्ने उक्त क्यासिनोमा ज्योती केज क्यासियर पदमा काम गर्थिन् । नेपालीहरू स्लट मेसिन एटेन्डेन्टको रूपमा काम गर्ने भएकोले नेपालीहरूको सम्पर्कमा नआउन वा आँखा छल्न ज्योती विन्डो रजिष्टरबाट जुवाडेहरूलाई चिप्सबेच्ने, चिप्सलाई नगदमा साँट्ने, काउन्टरबाट रकम विथड्र गरिदिने काम गर्थिन् जसमा खासगरी चाइनिज र स्पेनिस ग्राहकहरूसँग कारोबार गर्नुपर्ने हुन्छ ।

नेपालीहरूसँग उनी सम्पर्कमा आउँदैनथिइन् । ब्रेक टाइममा पनि नेपालीसँग टाढा बस्ने, कसैले सोधेमा नाम अर्कै बताउने र आफूलाई सिङ्गल ममको रूपमा चिनाउने, लोग्नेको बारेमा केही नबताउने, कसैले कुरा गरिहालेमा प्रसङ्ग बदल्ने, भाग्ने, आफ्नो सक्कली फेसबुक आइडि पनि डिएक्टिभ गरी नक्कली आइडी चलाउने, फोन नम्बर फेरिरहने, कसंसँग पनि शेयर नगर्ने गर्थिन् ।

धनराज अमेरिका पुगेर ज्योतिसँग नियमित भेटघाट गर्दै आएपनि सहकारीको १३ करोड ठगी प्रकरणले राजनीतिक जीवन नै समाप्त हुने ठानेर नाटकीय पारपाचुके गरेको घटना खुलिसकेको छ । उनले व्यापारी मीनबहादुर गुरुङसँग योजनावद्ध तरिकाले रकम लिएको तथ्य पनि नेपाली पेनले प्राप्त गरेको छ । यो प्रकरणमा एकजना न्यायाधीश पनि जोडिएका छन् ।

धनराज दम्पत्तिबाट नेपालमा सहकारी ठगी अमेरिकामा क्यासिनो रिसोर्ट

प्रतिक्रिया