२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सलमान खानको ज्यानमाथि खतरा, सुरक्षा बढाइयो


October 17, 2024
332
Shares

एजेन्सी, १ कात्तिक । बलिउड नायक सलमान खानको ज्यानमाथि खतरा बढेको छ । उनीनिकट मुम्बईका नेता बाबा सिद्धिकीको हत्यापछि सुरक्षा खतरा बढेको निष्कर्ष त्यहाँको सुरक्षा निकायले गरेको हो ।

खानको सुरक्षालाई ध्यान दिदै उनको घर बाहिर कडा सुरक्षा दिइएको छ । खानको व्यक्तिगत सुरक्षा पनि कडाई गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

खानलाई वाइ प्लस तहको सुरक्षा दिइएको छ । उनको सुरक्षामा सुरक्षाकर्मीको सवारी समेत रहनेछ । प्रहरीले उनलाई चौबिसै घन्टा सुरक्षा दिनेछ ।

सलमान खान बलिउडका चर्चित कलाकार हुन् । उनी मुम्बईमा गत हप्ता मारिएका बाबा सिद्धिकीका मित्र हुन् । सिद्धिकीको मुम्बईमा गोली हानी हत्या भएको थियो । हत्या गर्ने खुंखार बिस्नोई समूहको ७०० भन्दा बढी ससाना समूहबाट सलमानमाथि खतरा बढेको सूचनासँगै सुरक्षा बढाइएको जनाइएको छ ।

प्रतिक्रिया