३० आश्विन २०८१, बुधबार | October 16, 2024

बैंकहरुले घटाएर ब्याजदर


October 16, 2024
498
Shares

काठमाडौं, ३० असोज । बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेकोमा आधा बैंकहरुले घटाएका छन् । २० मध्ये १० वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् ।
९ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एक वाणिज्य बैंकले मात्र ब्याजदर बढाएको छ।

सर्वाधिक ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक र हिमालयन बैंक छन् । यी बैंकहरुले ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएका हुन्। सानिमा बैंकले ब्याजदर बढाएको छ । उसले निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको हो।

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिनेछ । सिटिजन्स बैंकले सबैभन्दा कम दिने भएको छ।

प्रतिक्रिया