बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दाप्रति सर्वोच्च बारको आपत्ति

काठमाडौं, १६ असोज । नेपाल बार एशोशिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दायर भएको अदालतको अवहेलनाको मुद्दा प्रति सर्वोच्च अदालत बार एशोशिएसनले आपत्ति जनाएको छ । सर्वोच्च बारका तर्फबाट सचिव श्याम कुमार खत्रीले विज्ञप्तिमार्फत् यो कार्य सम्पूर्ण कानून व्यवसायी माथिको गम्भीर प्रहार भएको ठम्याई गरिएको छ ।
विज्ञप्तिमा बार एशोशिएसनका अध्यक्ष घिमिरेले न्यायपालिकामा रहेको विकृति, विसंगति विरुद्ध व्यक्त गरेको अभिव्यक्तिको विषयलाई लिएर अदालतको अवहेलना जस्तो गम्भीर मुद्दा हतारिएर दायर गर्नु स्वतन्त्र न्यायपालिकाको लागि शोभनीय नभएको उल्लेख छ । उक्त मुद्दा अबिलम्ब फिर्ता लिन जोडदार माग गर्दै अन्यथा संस्थागत रुपमा प्रतिरक्षा गर्न र प्रतिरक्षाका लागि आव्हान समेत गरिएको छ ।