१२ आश्विन २०८१, शनिबार | September 29, 2024

उद्धार तथा राहत कार्यमा जुट्न रायमाझीको अपिल


September 28, 2024
12.9k
Shares

काठमाडौं, १२ असोज । अविरल वर्षाको कारणले देशभरको जनजीवन अस्तव्यस्त भएको छ । उपत्यकाभित्रै कयौं ठाउँमा घरहरू डुबानमा परेर मानिसहरु घर बाहिर निस्किन समेत निस्कन नसकेको अवस्था उत्पन्न भएको छ ।

राजनीतिक विश्लेषक प्रकाश रायमाझीले तत्काल सरकारलाई उद्धार तथा राहत कार्यमा तदारुक्ता देखाउन आग्रह गरेका छन् । सम्बन्धित निकायहरू त्यसतर्फ उदासीन रहेको भन्दै वरिष्ठ समाजसेवी समेत रहेका रायमाझीले आफुलाई वर्षा प्रभावितहरुले उद्धार गर्न अनुरोध गरेको बताएका छन् ।

“आज बिहानदेखि मलाई विभिन्न स्थानबाट आएको वर्षा प्रभावितहरूको आवाजलाई सम्बन्धित निकायलाई उद्धार तथा राहतको निमित्त अनुरोध गर्दा सक्रिय भएको मैले महसुस गरिन ।”–उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आफू पनि सहयोग र उद्धारका लागि तप्पर रहेको जानकारी गराउँदै रायमाझीले सबैले आफ्नो क्षेत्रबाट यस्तो विपतको अवस्थामा उद्धार तथा राहत कार्यमा खटिएर सहयोग गर्न अपिल गरेका छन् ।

 

प्रतिक्रिया