३० असार २०८२, सोमबार | July 15, 2025

नयाँ पुस्तामा राजनीतिक चेतनाको अभावले दलालहरुकै रजगज


September 23, 2024
1.2k
Shares

काठमाडौं,७ असोज । नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिब गुरुङले नयाँ पुस्तामा राजनीतिक चेतनाको अभावले देशमा दलालहरुकै रजगज चलिरहेको आरोप लगाएका छन् ।
नेताहरुले आफूमुखि शासन चलाएर देशलाई गरिबीको रेखा मुनि धकेलिरहेको उनको टिप्पणी छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै युवा नेता गुरुङ्गले नेताहरुले सोझा युवाहरुलाई प्रयोग गरेर भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएर विदेशी बैंकमा रकम जम्मा गर्दै आएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,“मैले बुझ्ने भए देखी २०८१ साल सम्म आईपुग्दा नेपाली राजनीति सात्तालिप्त भई आफुमुखी शासन चलाई देशलाई गरिबि को रेखा मुनि धकेल्न र भ्रस्टचार गरी अकूत सम्पती आर्जन गरी बिदेशी बैंकमा रकम जम्मा गरी सोझा जनतालाई दाशको रुपमा प्रयोग गरी यूवा पूस्ता लाई बिभिन्न बाहाना अर्काको देशमा नोकर बन्न बाध्य पारी आफु मस्तिमा देखियो नयाँ पूस्तामा राजनीति चेतना अभाब हुँदा देश दलालहरुकै रजगज ! जयहोस्”

 

प्रतिक्रिया