३ आश्विन २०८१, बिहिबार | September 20, 2024

पितृ पक्षः मृत्युपछि आत्मालाई के हुन्छ ?


September 19, 2024
0
Shares

काठमाडौं,३ भदौ । भदौ २ गतेदेखि पितृपक्ष सुरु भएको छ, पितृपक्षमा पितृको श्राद्ध, पिण्डदान र तर्पण गरिन्छ । परिवारका मृत सदस्यहरूलाई पुर्खा भनिन्छ । कुनै पनि व्यक्तिको मृत्युपछि उसको आत्माको शान्तिको लागि पितृपक्षमा धार्मिक अनुष्ठान गरिन्छ ।

मृत्युपछि मानिसको आत्मालाई के हुन्छ, आत्मा यमलोकमा कसरी पुग्छ, आत्मालाई यमलोकमा पुग्न कति दिन लाग्छ, इस्लाम र क्रिस्चियन धर्ममा आत्माको विश्वास के छ,

सबैभन्दा पहिले गरुड पुराण जान्नुहोस्
हिन्दू धर्ममा ४ वेद र १८ पुराण छन् । यी शास्त्रहरूमा देवी–देवतासँग सम्बन्धित सबै कथाहरू छन् । ती मध्ये एक हो गरुड पुराण ।
गरुड पुराणमा भगवान विष्णु र उनको वाहन गरुड बीचको प्रश्न र उत्तरहरू छन् ।

भगवानले गरुडदेवलाई जन्म–मृत्यु, पुनर्जन्म, आत्मा, यमलोक, स्वर्ग–नर्क, नदी वैतरणी, पाप–पुण्य, नीति, कर्म आदि विषयहरू बताउनुभएको छ ।
परिवारमा कसैको मृत्यु भएपछि गरुड पुराणको पाठ गर्नाले मृतकको आत्मालाई शान्ति मिल्ने जनविश्वास रहेको छ ।
यो पुराण पढेर हामी जीवन र मृत्युसँग सम्बन्धित सबै धार्मिक कुराहरू पनि जान्दछौं।

 

प्रतिक्रिया