३१ भाद्र २०८१, सोमबार | September 16, 2024

महाराजकी १६औं पत्नी बनिन् पूर्वराष्ट्रपतिकी छोरी


September 4, 2024
747
Shares

एजेन्सी, १९ भाद्र । अफ्रिकी देश लेसोथोका राजा मसवती तेस्रोले १६औंपटक विवाह गरेका छन् । सोमबार उनले भित्राएका १६औं पत्नी सामान्य युवती होइनन् दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जेकोब जुमाकी छोरी नोमकेबो जुमा हुन् ।

जुमा बल्ल २१ वर्ष पुगिन् भने राजा मसवती ५१ वर्ष पुगे । आफूभन्दा ३० वर्ष कान्छी जुमालाई मसवतीले भव्य समारोह गरेर भित्राएका हुन् ।

परम्परा अनुसार जुमालाई एक सय चौपाया र २० लाख दक्षिण अफ्रिकी मुद्रा उपहार दिएको जनाइएको छ ।

सने १९८६ यता राजा रहेका मसवती विलासी जीवनका कारण आलोचित छन् ।

प्रतिक्रिया