३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मनाङेले त्यागे मन्त्री पद, रेष्ट लिने


September 3, 2024
913
Shares

काठमाडौं, १८ भाद्र । गुण्डानाइकेबाट राजनीतिमा हामफाली सांसद हुँदै मन्त्री बनेका चर्चित पात्र दिपक मनाङेले सबैलाई आश्चर्यचकित पारेका छन् । उनले मन्त्री पद नै त्यागेका छन् ।

गण्डकी प्रदेशमा पटक पटक मन्त्री बनिसकेका मनाङेले काँग्रेस र एमालेको गठबन्धनमा पनि मन्त्री पाए । तर, यसअघि सम्हालेको भौतिकबाट वनमा सारिए । मनाङेले वनमन्त्री लिएर तीतेपाते र झारको काम नगर्ने अभिव्यक्ति दिई राजीनामा दिए ।

मनाङेले जुनियरहरुलाई दिने मन्त्रालय नलिने भन्दै राजीनामाको घोषणा गरेका थिए सोमाबार । मनाङेले अब धेरै मन्त्री नखाने रेष्ट नगर्ने बताएका छन् । बजेट नहुने मन्त्रालयमा मनाङेको आँखा पनि जाँदैन । उनले भौतिकमा ठेक्कापट्टाबाट लाभ लिदै आएका थिए । उनका पछि धेरै ठेकेदार समेत लागेका थिए ।

प्रतिक्रिया