३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आइजीपीको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि सञ्चारमन्त्री गुरुङको पद धरापमा


September 2, 2024
3.7k
Shares

काठमाडौं, १७ भाद्र । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ उदण्ड अभिव्यक्ति र गतिविधिले विवादमा आइरहन्छन् । उनी यसपटक फेरि विवादमा आएका छन् । गुरुङले शनिबार सार्वजनिक रुपमा नेपाल प्रहरीका आइजीपी वसन्त कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि विवादमा परेका हुन् ।

उनको अभिव्यक्तिको सार्वजनिक रुपमा आलोचना भइरहेको छ । यसले उनको पद धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत गुरुङको अभिव्यक्तिमा चासो राखेको बुझिएको छ ।

गुरुङ गण्डकीको मुख्यमन्त्री हुँदा कार्यालयमै मदिरापान गरेर विवादमा आएका थिए । उनका अभिव्यक्ति र गतिविधिको आलोचना भयो त्यतिबेला पनि ।

आइजीपी कुँवरले प्रहरी समायोजनसम्बन्धी कानून आए मान्दिनँ भनेको सुनेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले भनेका थिए, त्यसको जिब्रो थुत्नुपथ्र्यो ?

प्रतिक्रिया