८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राजनीतिको लक्ष्य समान अवसर र सामुहिक सुरक्षा


September 1, 2024
747
Shares

हेटौँडा,१६ भदौ। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपाली कांग्रेसको लक्ष्य सामूहिक सुरक्षा रहेको उद्घोष गरेका छन्। जय नेपाल फाउण्डेसन मकवानपुरको आयोजना शनिबार हेटौंडामा भएको राजनीतिक नेतृत्वमा सवक युवा लक्षित आगामी दशकू विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता महतले यसो बताएका हुन्।

विचार गोष्ठीका प्रमुख अतिथि रहेका उनले सबै वर्ग, समुदाय, क्षेत्रको सामाजिक सुरक्षा आवश्यक रहेको ठहर गर्दै त्यसको लक्ष्य प्राप्तिका लागि नेपाली कांग्रेस लागि परेको बताएका छन्। बिचार गोष्ठीलाई सम्बोधन गर्दै महतले रहेक देशमा निरासा रहेको र नेपालमा देखिएको युवा पलायनको समस्यालाई समाधान गर्न स्पेशल प्याकेज ल्याउन आवश्यक रहेको बताएको छन्। त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि रहेको कांग्रेस बागमती बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले कांग्रेसले शान्ति प्रक्रियालाई सफल बनाएको बताउदै कांग्रेस नेपाली जनताको व्यवस्था मात्र नभई अवस्था समेत परिवर्तन गर्न पछि नपर्ने बताए। उनले जय नेपाल फाउण्डेसन संस्थाले ठगी खाने र मागी खाने कांग्रेसको अन्त्य गरेर गरीखाने कांग्रेस बनाउन सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा जय नेपाल फाउण्डेसनका केन्द्रीय अध्यक्ष बद्री अर्यालले फाउण्डेसन संस्थापन गर्नु पर्नाका कारण प्रष्ट पार्दै फाउण्डेसनलाई समाज रुपान्तरण गर्दै समग्र राजनीति र संसदीय परिपटी सुधारका लागि समकालिक युवाहरुको वैचारिक फोरमको रुपमा विकास गरिने बताउनु भयो।

फाउण्डेसन मकवानपुर संयोजक भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, फाउण्डेसन संस्थापक सदस्य विजुला वर्मा राणा, फाउण्डेसन धादिङ संयोजक दीपक कोइराला, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, कांग्रेस मनहरी सभापति प्रकाश बर्तौला, खेलकुद विज्ञ दीपेन्द्र ढकाल लगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया