३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नाबालिक छोरीहरुलाई विष खुवाएर आमा बेपत्ता


August 31, 2024
664
Shares

काठमाडौं, १५ भाद्र । जन्मदिने आमाले छोराछोरीको हत्या गर्न सक्छिन् ? यस्ता घटना सायदै भएका छन् । मोरङमा आमाले दुई नाबालिक छोरीहरुलाई विषय पिलाएर बेपत्ता भएकी छिन् ।

दुई नाबालिक मोरङको सुन्दरहरैंचामा मृत फेला भएका थिए । उनीहरु ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की भएको खुलेको छ । उनीहरुका आमा अस्मिता पौडेल घटनापछि वेपत्ता छिन् । अस्मिताको गएराति पति अर्जुन कार्कीसँग झगडा परेको खुलेको छ ।

घरझगडाले अस्मिताले आपराधिक कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी वेपत्ता भएकाले घटनाको कारणबारे थप प्रष्ट नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया