कमिशनको खेलमा एनसेल नवीकरण गर्न दिने निर्णय

काठमाडौं, १४ भाद्र । एनसेलले अन्तिम समयमा नवीकरण गर्न पाउने भएको छ । १६ अर्ब नवीकरण शुल्क तिर्नुपर्नेमा ५ वर्षभित्र किस्तानमा तिर्ने सुविधा दिएर नवीकरण गर्न दिने निर्णय सरकारले लिएको छ । यसका लागि ठूलै कमिशनको खेल भएको छ ।
एनसेलले नवीकरणका लागि ४ अर्बमात्र शुल्क बुझाएको छ । बुझाउनुपर्ने कुल शुल्कको २५ प्रतिशत मात्र बुझाएर उसले बाँकी रकममा नयाँ खेल खेलेको छ । एनसेलले अब ४ किस्तामा बाँकी रकम बुझाउने गरी शर्त बनाइदिएको छ सरकारले । यो शर्त पनि एनसेलकै चाहना बमोजिमको हो ।
एनसेल पटक पटक विवादमा आइरहेको छ । उसले कमिशनको धेरै खेल खेलेको तथ्यहरु खुल्दै गएको छ । एनसेलले शेयर विक्रीवापत् कर छली गरेको तथ्य खुलेको थियो । यसमा दशौं अर्ब कर छली र अरबौंको कमिशनको खेल भएका थिए ।