३१ भाद्र २०८१, सोमबार | September 17, 2024

एकनारायणको निजामती यात्राः बैतडीमा सुब्बा देखि सिंहदरबारमा मुख्यसचिवसम्म


August 29, 2024
1.2k
Shares

काठमाडौं, १३ भाद्र । सरकारले नयाँ मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को निर्णयले उनलाई बिहिबार मुख्यसचिवमा नियुक्त गरेको हो । अर्यालले शुक्रबारबाट जिम्मेवारी सम्हाल्नेछन् ।

स्याङ्जाको करेनडाडा स्थायी घर भएका अर्याल २०४६ सालमा नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । उनले बैतडीको जिल्ला प्रशासन कार्यालयबाट सरकारी सेवाको सुरुवात गरे ।

प्रशासनिक क्षेत्रमा ३५ वर्षको अनुभव सम्हालेका अर्याल गृहसचिव समेत भए । उनीसँग श्रम,सामान्य प्रशासन तथा प्रधानमन्त्रीको कार्यालयको सचिवको रुपमा समेत काम गरे ।

नायब सुब्बामा ५ वर्ष काम गरेपछि २०५१ सालमा शाखा अधिकृतमा नाम निकाले । २०५८ मा उपसचिव, २०६७ मा सहसचिव र २०७६ मा सचिव भए ।

अर्याल काठमाडौं, तनहुँ र मकवानपुरको प्रमुख जिल्ला अधिकारी समेत भए ।

प्रतिक्रिया