८ आश्विन २०८१, मंगलबार | September 24, 2024

आफ्नो मान्छे ल्याउन केपी ओली कुलमानमाथि खनिए : रायमाझी


August 27, 2024
6.6k
Shares

काठमाडौं,११ भदौं । राजनीतिक विश्लेषक एंव लेखक प्रकाश रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मान्छेलाई राख्न नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङमाथि खनिएको टिप्पणी गरेका छन् । एक टेलिभिजिन कार्यक्रममा पत्रकारसँग बोल्दै रायमाझीले यस्तो तर्क गरेका हुन् ।

उनले भने,‘केपी ओलीले प्राधिकरणमा पहिला पनि शाक्यलाई निमित्त बनाएका थिए र अहिले पनि त्यही चलखेल गर्न लागे, विद्यूत प्राधिकरणमा अरबौको खेल हुन्छ,फाइदा हुन्छ, मुआब्जा, ट्रान्सफरमा हुन्छ, बत्ति किनबेच हुन्छ । त्यो खेलको अरबौं फाइदा उनको पार्टीमा जान्छ ।’

ओलीले आफ्नो मान्छेलाई ल्याएर पैसा कमाउन कुलमानलाई हटाउन खोजेको उनले आरोप लगाए । कुलमान गलत भए सम्बन्धित निकायले छानबिन गर्ने भन्दै उनले गरेका राम्रा कामको भने प्रंशसा गर्नुपर्नेमा जोड दिए ।

पछिल्ला समयमा देश हाक्ने नेतृत्व पंक्ति निकै कमजोर भएको उनको दाबी छ । ‘नेतृत्वहरु व्यक्तिगत महत्वकांक्षा र स्वार्थमा अल्झिन थाले, राजनीतिकसँगै जनतामा आउनु पर्ने परिवर्तनमा जोड दिन सकेनौं । दलहरु दलिय र आफ्नो स्वार्थमा हुँदा जनता बिरानो हुन पुगे । यसकारण जनता र नेपालको राजनीतिमा .दुरी बढेको हो ।’ उनले भने ।

राजनीति देश विकास र जनताको लागि हुनु पर्ने भन्दै लेखक समेत रहेका रायमाझीले राजनीति नेताको लागि मात्र हुँदा ‘लाजनीति’मा परिणत भएको बताए । उद्योगीहरुले चलाईसकेको बत्तिको पैसा भने सामान्य छुट दिएर भएपनि तिर्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया