३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतकी मन्त्री रक्षा खड्सेले पुछिन् आँबु खैरेनी दुर्घटनाका घाइतेको आँसु


August 24, 2024
1.3k
Shares

काठमाडौं, ८ भाद्र । आँबु खैरेनी बस दुर्घटनामा घाइते भारतीय पर्यटकलाई भेट्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा राज्यमन्त्री रक्षा खड्से नेपाल आएकी छिन् । विहान काठमाडौं आइपुगेकी उनले उपचाररत घाइतेलाई भेटेकी छिन् । भेटका क्रममा घाइतेहरुले पीडामा आँसु बगाएका थिए । खड्सेले उनीहरुको आँसु पुछेकी थिइन् ।

भारतका राजदूत नविन श्रीवास्तव पनि भेटका क्रममा थिए । त्यस क्रममा भावविव्हल भएका थिए सबै ।

भेटमा खड्सेले उपचारका सम्बन्धमा बुझेकी छिन् । खड्सेले गृहमन्त्री रमेश लेखकसँग पनि भेटेर दुर्घटनाको कारणबारे जानकारी लिएकी छिन् ।

भारतकी केन्द्रीय खेलकुदमन्त्री रक्षा खड्से घटनामा मृत्यु भएका र घाइतेहरुको राज्य महाराष्ट्रकी हुन् । उनीसँग त्यहाँका विधायक पनि आएका छन् ।

शुक्रबार साँढे ११ बजे पोखराबाट काठमाडौंतर्फ आइरहेको भारतीय पर्यटक बोकेको यात्रुबस आँबुखैरेनीमा दुर्घटना भई मस्र्याङ्दी नदीमा खसेको थियो । घटनामा सवार ४३ मध्ये २७ को मृत्यु भएको थियो । १६ जना घाइतेको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया