३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चीनको बीआरआई अलपत्र


August 23, 2024
498
Shares

काठमाडौं, ७ भाद्र । चीनको रणनीतिक परियोजना बीआरआई नेपालमा कार्यान्वयन भइसकेको छ । केपी शर्मा ओली विगतमा प्रधानमन्त्री हुँदा सम्झौता भएको परियोजना कार्यान्वयनमा आइसकेको दाबी चिनियाँ पक्षले गर्दै आएको छ । तर, नेपाल सरकारले कार्यान्वयनमा नआएको भन्दै आएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदा चिनियाँ राजदूत छन सङले तत्कालीन प्रधानमन्त्री प्रचण्डकै सामुन्ने बीआरआई अन्तर्गत बनेको बताए । तर, प्रचण्डले संसदमा बीआरआई सम्झौता हुने बताएका थिए केही महिना अघि । त्यसको केही हप्तामै सरकार ढल्यो ।

बीआरआई ऋण नभई अनुदान हुनुपर्ने नेपालको अडान छ । विशेषगरी नेपाली काँग्रेस अनुदान भए बीआरआई स्वीकार्न सकिने अडानमा छ । अहिले काँग्रेस ओली सरकारमा छ । यसकारण पनि बीआरआई कार्यान्वयनमा सम्झौता हुने देखिदैन ।

चीनले बीआरआई सम्झौतामा दबाब दिइरहेको छ । तर, सत्ताको खेलमा यी विषय अड्किइरहेका छन् । यसले बीआरआई अलपत्र छ । जबसम्म बीआरआई अनुदानमा परिणत हुँदैन तबसम्म सम्झौता हुने सम्भावना देखिदैन ।

प्रतिक्रिया